Sunrise appliances
Homeभक्तपुरभक्तपुर नगरपालिका किसान बाहुल्य नगर

भक्तपुर नगरपालिका किसान बाहुल्य नगर

भक्तपुर, १४ कार्तिक २०८०

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर किसान बाहुल्य शहर भएको बताएका छन् । भक्तपुर भ्रमणमा आएका घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधि मण्डललाई मंगलवार नगरपालिकामा स्वागत गर्दै उनले सोकुरा बताएका हुन् ।

ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वले भरिपूर्ण भक्तपुरमा किसान लक्षित कार्यक्रमलाई महत्वका साथ् अघि बढाइरहेको उनले बताए । भक्तपुर नपाले कृषिक्षेत्रका अलावा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनलगायतका क्षेत्रमा गरिरहेको जनपक्षीय अभ्यासबारे अवगत गराउँदै उनले नेपाली र अफ्रिकी जनता फरक फरक महादेशमा भए पनि साम्राज्यवाद र विस्तारवाद विरोधी भावनामा समानता रहेको उल्लेख गरेका छन् ।

अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एनक्रोमा घानाको मात्रै नभई अफ्रिकी महादेशकै नेता र साम्राज्यवाद तथा उपनिवेशवादविरोधी योद्धाको रुपमा नेपाली जनता बीच परिचित रहेका प्रष्ट पार्दै प्रमुख प्रजापतिले सुन र हिराको देशको रुपमा परिचित घानाको प्राकृतिक स्रोत र साधन साम्राज्यवादीहरुको नियन्त्रणमा भएजस्तै नेपालको जलस्रोतलगायत प्राकृतिक स्रोत र साधन भारतीय विस्तारवादले कब्जामा पर्दै गएको जिकिर गरे ।

साम्राज्यवादी मुलुकहरुले अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुलाई नवउदारवादी नीति अवलम्बन गरी साना र कमजोर देशहरु कब्जा गर्न हतियारको रुपमा प्रयोग गरिरहेको उनको भनाइ छ ।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका पुरातात्विक र सांस्कृतिक हिसाबले महत्वपूर्ण नगर भएको बताउँदै २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माण कार्य विदेशीहरुको सहयोगविना जनस्तरबाट सम्पन्न गर्न सफलता मिलेको समेत जानकारी गराए ।

उक्त अवसरमा बाओबाबका प्रमुख थियोडोरा पिउस लिंगोले भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिँदै बिदेशी सहयोग बिना जनताको सेवा गर्ने कार्य संसारका अन्य सहरहरुको लागि समेत प्रेरणाको श्रोत बन्न सक्ने विचार व्यक्त गरे ।

भेटमा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाल घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । भेटपश्चात टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरु र अस्पतालको स्थलगत निरीक्षण गरेको थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू