Sunrise appliances

काठमाडौं, नेपाल – नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले डिसेम्बर २, २०२३ मा लामो समयदेखि प्रतीक्षारत काठमाडौं– सांघाई–काठमाडौं उडान सेवाको उद्घाटन गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ ।

यस नयाँ काठमाडौं– सांघाई–काठमाडौँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको सबैभन्दा विशाल एवम् विश्वकै प्रमुख व्यापारिक केन्द«का रूपमा परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ । दुई सहरका बीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एअरलाइन्स्कोे प्रतिबद्धतालाई समेत झल्काएको छ ।
पहिलो आउटबाउन्ड उडान, ज्ढ ठडण्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः५० मा प्रस्थान गरेको थियो र सांघाइकोे सांघाई पुडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ४ः३१ बजे अवतरण गर्ने छ । यस उडानको अवधि ४ घण्टा ७ मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय अठतिस रहेको थियो ।
डिसेम्बर २ पछि सुरुमा हरेक शनिवार मात्र उडान सेवा सञ्चालन गर्ने योजना रहे पनि डिसेम्बर २०, २०२३ देखि हरेक बुधबार र शनिबार गरी हप्तामा दुई पटक उडान सेवा बिस्तार गर्ने एअरलाइन्स्को योजना रहेको छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो तेस्रो सिधा उडान सेवा हुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ र छिन्ताओमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।

उद्घाटन कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्री प्रतापबाबु तिवारी र नेपालका लागि चिनियाँ आर्थिक तथा वाणिज्य कन्सुलर श्री सी यु प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भएको थियो । उपस्थित विशिष्ट व्यक्तिहरूलाई हिमालय एअरलाइन्स्का अध्यक्ष, श्री झोउ एनयोङ र उपाध्यक्ष, श्री विजय श्रेष्ठले स्वागत गर्नु भएको थियो ।

आफ्नो स्वागत सम्बोधनमा एअरलाइन्स्का उपाध्यक्ष श्री विजय श्रेष्ठले भन्नुभयो, “नेपाल र चीनबीचको दुई दशकको उड्डयन इतिहासमा चीनले नेपालमा पहिलो यात्रु उडानको सुरुवात गरेको थियो । चीनबाट नेपालमा सबैभन्दा धेरै एयरलाइन्सहरूले उडान सेवा सञ्चालन गर्दछन् । हिमालय एअरलाइन्स्समेत गरी नेपालमा ६ वटा एअरलाइन्सद्वारा चीन–नेपाल उडान हुँदै आएका छन् ।

हिमालय एयरलाइन्सले कोभिड अवधिअघि चीनका ५ वटा गन्तव्यमा उडान भरेको थियो र निकट भविष्यमा चीनका विभिन्न गन्तव्य वृद्धिसँगै सञ्चालन भइरहेका गन्तव्यमा पनि उडान संख्या बढाउने योजनामा रहेको छ । हिमालय एयरलाइन्स्का हालका गन्तव्यहरू पर्यटकीय गन्तव्यमा आधारित छन् । कोभिड महामारीअघि विश्वभर १६ करोड पर्यटक बाहिर पठाएको चीनले कोभिड महामारीपछि पनि विश्वका विभिन्न भागहरूमा थप पर्यटक पठाउने प्रयास गरिरहेको छ जसमध्ये नेपाल पनि प्रमुख गन्तव्यको रूपमा रहेको छ । हिमालय एअरलाइन्स्ले यसै महिनामा चीनका चोङकिङ र ल्हासामा पनि आफ्नो उडान सेवा बिस्तारका लागि तयारी अवस्थामा रहेको छ । ल्हासा उडान नेपाल र चीनबीचको एक ऐतिहासिक उडान हुनेछ ।”

सो अवसरमा आफ्नो मन्तब्य राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्री प्रतापबाबु तिवारीले विश्वकै व्यापारिक केन्द्र तथा चीनको प्रमुख सहरमा गरिएको नयाँ गन्तव्य बिस्तारका रूपमा सांघाईको उद्घाटन उडानका लागि हिमालय एअरलाइन्स्लाई बधाई दिँदै भन्नुभयो, “ यो गन्तव्य बिस्तार एअरलाइन्स्का लागि यात्रुहरूलाई नयाँ र विविध अनुभवका साथ जोड्ने उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धताका लागि महत्वपूर्ण कोसेढुङ्गा रहेको छ । यो उडान बिस्तारँंगै एअरलाइन्स्ले आफ्नो योजनामा सफलता प्राप्त गर्दै बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपालमा आकर्षित गरी पर्यटन र उल्लेख्य मालसामान ढुवानी वृद्धिसँगै दुई राष्ट्रबीचको सम्बन्ध अझ मजबुत रहोस् । ” साथै, वहाँले कोभिड अवधिको चुनौतीपूर्ण समयपश्चात् यात्रु संख्यामा उल्लेख्य बृद्धि भएको र नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित सरोकारवालाहरूसँगको सहकार्य र समन्वयमा पूर्वाधार विस्तार तथा विमानस्थलमा ट्रान्जिट सुविधाहरू तथा यात्रुहरूलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उद्घाटन अवसरमा सम्बोधन गर्दै नेपालका लागि चिनियाँ आर्थिक तथा वाणिज्य कन्सुलर श्री सी युले हिमालय एअरलाइन्स्लाई काठमाडौंदेखि सांघाईसम्मको उद्घाटन उडानका लागि बधाई दिनुभयो । एअरलाइन्स्ले बेइजिङ र छिन्ताओमा पनि पहिलो सिधा उडान सुरु गरेको र सांघाईमा पनि सेवा बिस्तार गरी आफ्नो उडान नेटवर्क फराकिलो बनाउनु एयरलाइन्सका महत्वपूर्ण कोसेढुङ्गाको रूपमा भएको बताउनु भयो । एअरलाइन्सले सांघाईजस्तो चीनका प्रमुख सहरहरू मध्ये एक महत्वपूर्ण सहरमा उडान सुरु गर्नु र यही महिनामै चोङकिङ र ल्हासालाई पनि उडान तालिकामा समावेश गरी उडान गन्तव्य बिस्तार गर्नु एअरलाइन्स्का लागि गर्वको कुरा रहेको बताउनु भयो ।

४ करोड़ जनसंख्या भएको चीनको प्रविधि र उत्पादनको केन्द्रको रूपमा रहेको सांघाई सहरमा हिमालय एअरलाइन्स्ले सुरु गरेको सिधा उडानको प्रशंसा गर्दै वहाँले भन्नुभयो, “ यो सेवाले नेपाली व्यापार बिस्तारको लागि एउटा उल्लेखनीय अवसर प्रदान गर्ने विश्वास राख्दछु । हिमालय एअरलाइन्स्का लागि सांघाईको सिधा उडानले ठूलो महत्व राख्छ । यो नयाँ रुटले चीनमा नेपाली व्यापार विस्तारको लागि एउटा उल्लेखनीय अवसर प्रस्तुत गरेको छ । हिमालय एयरलाइन्स्ले कोभिड अवधिमा नेपाली र चिनियाँ नागरिकहरूलाई आ–आफ्नो देशमा फर्कन सहयोग प्रदान गरेकोमा उक्त सराहनीय प्रयासको लागि पनि प्रशंसा गर्दै उक्त चुनौतीपूर्ण समयमा चीनबाट नेपालसम्म कोभिड–१९ विरुद्धको खोप ढुवानीमा एयरलाइन्सले गरेको महत्वपूर्ण योगदानलाई पनि स्मरण गर्दछु । ”

यस नयाँ रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको छ । हाम्रो यस उडानमा यात्रुहरूलाई स्वागत गर्न सदैव तत्पर छौँ र यो उडान हाम्रा समस्त यात्रुहरूलाई नेपाल र चीन दुवै देशका विविध सौन्दर्य तथा अवसरको अन्वेषणमा सहायकसिद्घ हुने अपेक्षा राख्दछौँ ।

यात्रुहरूले हिमालय एअरलाइन्स्को टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू र एअरलाइन्स्को आधिकारिक वेबसाइट धधध।जष्mबबिथब(बष्चष्लिभक।अयm बाट काठमाडौं– सांघाई–काठमाडौं उडानको टिकट बुक गर्न सक्नुहुनेछ ।

Sunrise appliances

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!