Sunrise appliances
Homeकाठमाडौंचित्रकला मार्फत लैङ्गक हिंसाविरुद्ध सचेतना

चित्रकला मार्फत लैङ्गक हिंसाविरुद्ध सचेतना

काठमाडौँ, २१ मङ्सिर : लैङ्गिक हिंसाविरुद्ध सचेतनाका लागि काठमाडौँमा आयोजना हुन लागेको चित्रकला प्रदर्शनीका लागि आफ्ना सिर्जना बुझाउन आह्वान गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा पारेर बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको उक्त प्रदर्शनीका लागि आफ्ना चित्र सिर्जना बुझाउन कलाकारलाई आह्वान गरिएको हो ।

चित्रहरु लैङ्गिक हिंसाविरुद्ध सकारात्मक सचेतना दिने र सकारात्मक भाव झल्किने हुनुपर्ने नगरपालिकाका प्रशासकीय अधिकृत केदारकुमार खड्काले बताउनुभयो । उहाँले यही मङ्सिर २२ सम्म चित्रसिर्जना बुझाइसक्न सार्वजनिक आह्वान गरिएको र यही २४ गते प्रदर्शनी गरिने जानकारी दिनुभयो । हरेक क्षेत्रबाट यसैगरी हिंसाविरुद्ध सचेतना फैलाउने हो भने घटना न्यूनीकरणमा सहयोग पुग्ने हुँदा यसपाली कलाका माध्यामबाट सचेतना दिन खोजेको नगरपालिकाले जनाएको छ । यसका लागि कलाकार दीपेन्द्रमान बनेपाली र सुमित्रा श्रेष्ठले संयोजन गरिरहनुभएको छ ।

कलाकार बनेपालीले प्रदर्शनीका लागि कलाकारबाट चित्र प्राप्त हुने क्रम जारी रहेको जानकारी दिनुभयो । लैङ्गिक हिंसाका घटना प्रायः आफन्त र चिनेजानेका व्यक्तिबाटै बढी हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । अझ कम उमेरका बालबालिका यसको सिकार भइरहेका छन् । नेपाल प्रहरीको तथ्याङ्कले ८९ प्रतिशत घटना चिनाजानका मानिसबाट भएको छ भने ८० प्रतिशत घटना घरेलु हिंसाका रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू