Sunrise appliances
Homeमुख्य समाचारठेचो नवदुर्गा भवानीको जात्रामा व्यक्तिको जग्गामा भोज, विवाद नमेलेपछि प्रधानमन्त्रीसँग गुहार

ठेचो नवदुर्गा भवानीको जात्रामा व्यक्तिको जग्गामा भोज, विवाद नमेलेपछि प्रधानमन्त्रीसँग गुहार

ललितपुर ठेचोस्थित नवदुर्गा भवानीको जात्राको क्रममा ललितपुरको ठेचो दुरीखेलमा ठेचो र सुनाकोठीका बासिन्दालाई भोज खुवाइन्छ । करिव २ हजार परिवारका एक घर मुलीलाई खुवाइने भोज नीजि जग्गामा भएपछि गत साउनमा ठूलो विवाद उत्पन्न भयो ।
विवाद नमिलेपछि नवदुर्गा भवानी गुठीले प्रधानमन्त्रीलाई गुहारेको छ । केही दिनअघि प्रधानमन्त्री ठेचो आएको मौका पारेर सो जग्गामा घर निर्माण भई भोज खुवाउन अवरोध श्रृजना भएको भन्दै पत्र बुझाएका हुन् । पत्र गोदावरी नगरपालिकाका मेयर जगेन्द्र महर्जनले हस्तान्तरण गरेका छन् ।
गएको जात्रामा दुरीखेलको नीजि जग्गामा हरेक १२ बर्षमा भोज खुवाउने परम्परा रहेको भन्दै ठेचोमा डोजर आएको थियो । तत्कालीन सिडिओ, पुर्वमन्त्री पम्फा भुसाल, पुर्वसांसद राजकाजी महर्जन, नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायतकै सामुन्ने नीजि जग्गामा डोजर चल्यो । डोजरले नीजि जग्गाको पर्खाल टहरा र बोट विरुवा सबै मास्यो । स्थानीयको घर आँगनमा ठेचोका बासिन्दाले एकाएक भोज खाए ।
स्थानीयले भीड देखेर बोल्न सकेनन् । सयौं प्रहरी र प्रशासन निरिह बन्यो । एक स्थानीयले पर्खान नभत्काउन भनेपछि उनीमाथि सांघातिक आक्रमण भयो । उनी निर्घात कुटिए । अस्पताल भर्ना भए । सबै गुपचुप राखियो ।
विवाद मिलाउन लामो संवाद भएको गोदावरी १२ का वडाध्यक्ष जगतबहादुर महर्जन बताउछन् । विवाद नमिलेपछि अन्तिम समयमा टहरा पर्खाल भत्काइएको थियो ।
पहरा र पर्खाल भत्काउदा बनाइदिने गोदावरी नगरपालिकाले बनाई दिने आश्वासन दिए पनि नबनाइदिएको स्थानीय जयकुमार राई बताउछन् । भन्छन्, ‘हामीले धेरै पल्ट नगरपालिका धायौं । नबनाए पछि आफैले करिव ६५ हजार खर्चेर पर्खाल लगायौं ।’
नीजि जग्गामा गुठीको भोज खान आफ्नो सम्पती मासेको भन्दै स्थानीयहरु दुःखी छन् । एक स्थानीयले नाम नबताउने शर्तमा भने, ‘उनीहरुले भोज खाए । हामीलाई दुःख दिए । नेवारले मात्रै भोज खाने भन्दै हामीलाई भोज समेत खुवाएनन् ।’
अन्याय हुने देखेर रोक्न स्थानीयले अदातलमा मुद्दा पनि हालेका थिए । अदालतले तत्काल नभत्काउन गुठीको नाममा अन्तरिक आदेश दिएको थियो । तर तत्कालीन सिडियो समेत हेरेको हेर्यै भए । अदालतको आदेशको अपहेलना भयो । गाउँलेहरु अन्यायमा परे ।
विवाद सुल्झाउन विभिन्न विकल्पमा कुरा भएको थियो । स्थानीयले ४० मिटर पर रहेको सार्वजनिक सडकमा भोज खुवाउन अनुरोध गरेका थिए । उनीहरुले भोज खुवाउने ठाँउको विकल्प दिदै सहमती गरे सबैले पैसा उठाएर चन्दा दिने र सो रकम अक्षयकोषमा राखेर जात्रालाई निरन्तरता दिन योगदान दिने प्रतिबद्धता व्यक्त गरे पनि गुठीका सदस्यहरुले स्वीकार गरेको एक स्थानीयहरु बताउछन् ।
चन्दा दिएर समस्या नसुझिए स्थानीयहरु आफ्नो घर जग्गाको मुआव्जा र क्षतिपूर्ति दिए गुठीलाई छोड्न तयार रहेको बताउछन् ।
लामो समयदेखि प्रशासनले समेत संस्कृती जोडिएको जग्गालाई सार्वजनिक नबनाएको गुठीयारहरुको गुनासो छ । नापी हुँदा लगत कट्टा गरेर नक्सामा सार्वजनिक नबनाएको कारण समस्या बल्झििएको उनीहरुको गुनासो छ ।
भोज खुवाउने ठाँउमा अहिले घर बनेका छन् । घर बनाइएको ठाँउमा खाली राखेर बाटो मात्रै प्रयो गरिएको थियो । वडाध्यक्ष महर्जन भने गुठीले भोज खुवाउने ठाँउ आफूलाई जानकारी नभएको कारण घर बनाउन अनुमती दिएको बताउछन् । भन्छन्, ‘म गुठीको सदस्य नभएकाले यसबारे मलाई थाहा थिएन । अरु कसैले भनेनन् । मैले अनुमती दिए ।’
सिधा लाइन राख्ने प्रचलन तोडियो
दुरीखेल चौरबाट सिधा लाइन राख्ने नियम रहेपनि गएको १२ बर्षमा सो नियम तोडिएको एक गुठीका सदस्यले बताए । उनले भने, ‘सिधा राखर भोज खुवाउने चलन छ भन्ने सुनेको थिए । भोज खाने सदस्य धेरै भएपछि स्थानीयको पर्खाल भत्काइयो । तर बाटो र भीर भेटिएपछि लाईन बाटै बाटो बाङ्गो लगियो ।’
गुठीको नियम भत्किएको तर्क गर्दै उनले प्रशासनले कान्लो भत्काएर सिधा लाइन डोलसम्म नलगेको बताए । ‘आखिर लाइन बाङ्गो बस्यो । सबैले भोज खाए । नियम तोडियो ।’ उनले भने ।
जात्राको क्रममा कुल्पी होमका लागि दाउरा ल्याउने क्रममा समेत खाली खुट्टा भारी बोकेर ल्याउनु पर्नेमा जुत्ता लगाएको भन्दै गुठीमा संलग्नहरुले टिप्पणी गरेका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू