Sunrise appliances
Homeमुख्य समाचार११ औँ नेपाली टोपी दिवस मनाइँदै

११ औँ नेपाली टोपी दिवस मनाइँदै

काठमाडौँ । यस वर्ष ‘नेपाली टोपी: नेपाली पहिचान’ भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइएको छ । विगत १० वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षलाई नेपाली टोपी दिवसका रूपमा मनाइँदै आएको हो ।

अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्त्व झल्किन्छ कि भन्ने हेतुले टोपी दिवसको सुरुआत भएको हो । अभियन्ताहरूका अनुसार नेपालमा पनि कुनै बेला दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोसाकका रूपमा लिइन्थ्यो तर ०६८ साल यता यी पोसाकलाई राष्ट्रिय पोसाकको सूचिबाट हटाइएको छ ।

‘अहिले हामी राष्ट्रिय पोसाकविहीन छौ । तर अझै पनि दौरा सुरुवाल, टोपी र गुन्यु चोलोमा नेपालीपनको आभास हुन्छ । यो कुनै जाति विशेषको भन्दा पनि समग्र नेपालीलाई चिनाउने पहिरन हो,’ उनीहरूले भनेका छन्, ‘अर्कोतिर नेपाली समाजले आधुनिकताको नाममा मौलिकपन भुल्दै गएका छन् । आँखा चिप्लेरै विदेशी संस्कार, खानपिन र आकर्षणमा चुर्लुम्म डुब्न थालेका छन् । अचेलका पुस्ता आधुनिक बन्ने होडमा फेसनदेखि बोलीसमेतमा पश्चिमापन झल्काउन थालेका छन् । आफ्नो पारिवारिक, सामाजिक र राष्ट्रिय विषयवस्तु अँगाल्दा पुरातन भइने डर छ युवा पुस्तामा । नजानेर होइन कि जानेरै अन्धाधुन्धरुपमा पश्चिमा प्रवृत्ति अङ्गालिरहेका छन् ।

राष्ट्रिय पहिचान भने सङ्कटमा पर्दै गएको बताउँदै उनीहरुले जातीय पहिचानसँगै राष्ट्रिय पहिचानको पनि जगेर्ना हुनुपर्ने जिकिर गरेका छन् । दौरा सुरुवाललाई जाती विशेष भन्दै हटाए पनि सबैको प्रतिनिधित्व गर्ने नेपाली टोपीलाई नेपालको पहिचानका रूपमा घोषणा गरियोस् भन्ने टोपी अभियानको मुख्य माग रहेको छ । युगौँदेखि प्रचलनमा रहेको, कसैको आत्मसम्मानमा चोट नपुऱ्याएको र बहुसङ्ख्यक नागरिकको प्रतिनिधित्व गर्ने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्नुपर्ने उनीहरूले बताएका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू