Sunrise appliances
Homeमनोरन्जनगीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ : मन्त्री किराती

गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ : मन्त्री किराती

काठमाडौँ, १७ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताए ।

गायक यश कुमारले तयार गर्नुभएको गीत ‘तिमी छाैँ र त’ को आज श्रव्यदृश्य सार्वजनिक कार्यक्रममा मन्त्री किरातीले यसका लागि गीतसङ्गीत र चलचित्र सर्जकलाई धन्यवाद दिए ।

त्यस अवसरमा मन्त्री किरातीले सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको र त्यो पूरा भएको समेत जानकारी गराए । “गीतसङ्गीत र चलचित्रलाई नरम कूटनीतिका रुपमा लिइन्छ । यसले नजानिँदो किसिमले प्रभाव पारिरहेको हुन्छ”, “उदाहरणका लागि भारतीय गीतसङ्गीत र चलचित्रले विश्वका विभिन्न देशमा प्रभाव पारिरहेका छन् ।” उहाँले समाजको सोच बदल्न सर्जकले भूमिका निर्वाह गर्नसक्ने धारणा राखे ।

मन्त्री किरातीले विश्वका केही देशमा गीतसङ्गीत र यसको श्रव्यदृश्यले कूल गार्हस्थ उत्पादनमा समेत उल्लेख्य योगदान दिएको चर्चा गर्दै यस क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न सक्नुपर्नेमा जोड दिए । मन्त्री किरातीले गायक यश कुमारको जीवनीसँग प्रभावित भएको उल्लेख गरे ।

गायक यश कुमारले बाल्यकालमा खोला किनारमा बालुवा चालेर जीविकोपार्जन गरेका थिए । यश कुमारले गीतसङ्गीतको माध्यमले मनोरञ्जनसँगै सन्देश प्रभाव गर्ने प्रयास गरेको बताए । “मैले सुरुआती समयदेखि नै गीतसङ्गीतले पार्ने प्रभावलाई ध्यान दिँदै सोहीअनुरुप गीत सृजना गर्दै आएको छु”, “यसपटक दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाउने प्रयास गरेको छु । यसले समाजमा थोरै भए पनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वास छ ।”

गीतमा शब्द, सङ्गीत र स्वर यश कुमार स्वयमले दिएका छन् भने यसको श्रव्यदृश्यमा उहाँसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानीलगायतका कलाकारले अभिनय गरेका छन् । गीतको श्रव्यदृश्यमा दिनेश पराजुलीले छायाङ्कन, पुनम चौधरीले शृङ्गार, विज्ञान राईले निर्देशन गरेका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू