Sunrise appliances
Homeललितपुरलेले महादेव खोलामा अबैध ढुंगा खानी सञ्चालन गरेको भन्दै स्थानीय युवाद्वारा प्रर्दश

लेले महादेव खोलामा अबैध ढुंगा खानी सञ्चालन गरेको भन्दै स्थानीय युवाद्वारा प्रर्दश

१९ पुस । ललितपुरको लेलेमा मापदण्ड विपरित ढुंगा खानी सञ्चालन गरेको भन्दै स्थानीय युवाहरुले प्रर्दशन गरेका छन् ।
शुक्रबार विहान लेले बसपार्कमा ‘अबैध ढुंगा खानी बन्द गर’ ‘खानेपानीको मुहान सुकाउन पाइदैन’जस्ता नारा लेखिएको प्लेकार्ड प्रर्दशन गरेका हुन् ।
लेले महादेव खोलामा युनाइटेड सिमेन्टद्वारा फुल्चोकी वनबाट ढुंगा निकालेर धादिङस्थित सिमेन्ट कारखानामा लगिरहेको सन्दर्भमा नजिकै विनायक कन्ट्रक्सनले ढुंगा उत्खनन गरिरहेको छ । विनायक कन्ट्रक्सनले अबैध ढंगबाट ढुंगा उत्खनन गरिरहेको र मापदण्ड पालना नगर्दा खानेपानीको मुल सुकेको, बर्षा याममा धमिलो पानी खान बाध्य भएको र खानीबाट बगेको लेदो माटोका कारण धान खेती विग्रिएको भन्दै रोक्नु पर्ने स्थानीयको माग छ ।


विनायक कन्ट्रक्सनका प्रोप्राइटर शेखर महतले सबै सरकारी कार्यालयबाट स्वीकृती लिएर आफूले ढुंगा निकालेको दाबी गरे । उनले भने, ‘हामीलाई निश्चित कोटा दिएर ढुंगा निकाल्न स्वीकृती दिइएको छ ।’
स्थानीय निकेश श्रेष्ठले खानीको कारण गाँउमा धेरै असर परिरहेको बताए । खानीको असर कम गर्न आफूले गाडी धुन वासिङ सेन्टर खोलेको तर प्रहरीले पक्राउ गरेको उनको दुखेसो छ । आफ्नो माग पुरा नभएसम्म विरोध कार्यक्रम जारी रहने श्रेष्ठले प्रतिबद्धता जनाए ।

एक स्थानीयले नाम नबताउने शर्तमा बेलाबेलामा आन्दोलन हुने गरेको तर पैसा पाएपछि विरोधको स्वर हराउने गरेको बताए । उनले स्थानीय एकजुट नहुँदा सधै खानीको मुद्दा ओझेलमा परेको उनको भनाई छ ।
खानी रोक्न माग गर्दै आफूले सर्वोच्च अदातलमा मुद्दा हालेको स्थानीय राजेश श्रेष्ठले बताए ।

प्रर्दशन हुनुको कारण
गतबुधबार लेले काभ्रेस्थित सत्य सामुदायिक वन उपभोक्ता समितीको साधारण सभाबाट स्थानीय निकेश श्रेष्ठ अध्यक्ष हुन नपाएपछि आन्दोलन सुरु भएको विनायक कन्ट्रक्सनका प्रोपाइटर शेखर महतले बताए । उनले भने,‘श्रेष्ठलाई स्थानीयहरुले अध्यक्ष नदिने भएपछि उनी हठात केही युवाहरुलाई सडकमा ल्याएर आन्दोलन गरिरहेका छन् । उनको आन्दोलनमा गाँउलेहरुको साथ छैन ।’ प्रर्दशनमा स्थानीय महिला, भद्राद्मीको सहभागिता देखिएको थिएन ।
प्रोपाइटर महत आफूसँग सबै सरकारी इजाजत,ठेक्का स्विकृतीलगायत कानूनी कागजात रहेको दाबी गरे । उनले भने ‘हामीलाई ढुंगा निकालन बनले सिमा तोकिदिएको छ । त्यो सिमाना नागेका छैनौं ।’
स्थानीय निकेश श्रेष्ठ भने आफूमाथि अध्यक्ष भएर काम गरेको खण्डमा खानीका विषयमा प्रश्न उठाउन सहिलो हुन्थ्यो । कुरा विग्रिएको आफू अध्यक्ष नभएका कारण उनको भनाई छ ।
नेतृत्वमा विवाद भएपछि लेले मुजुवा डाँडा चौरमा भएको साधारणसभा ३ महिनापछि सरेको छ । वन उपभोक्ता समितीको अध्यक्षमा कुबेर सिलवाल,चन्द्र सुन्दास, चक्रबहादुर तामाङ र निकेश श्रेष्ठ आकाक्षी रहेका छन् । वन उपभोक्ता समितीको अध्यक्षमा निर्वाचन हुने सम्भावना रहेको एक स्थानीयले बताए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू