Sunrise appliances
Homeललितपुरमेलम्चीको पानी माग्दै ललितपुरबासी खाली गाग्रीसहित प्रदर्शनीमा

मेलम्चीको पानी माग्दै ललितपुरबासी खाली गाग्रीसहित प्रदर्शनीमा

२० पुस । मेलम्चीको पानी वितरण गर्नुपर्ने भन्दै ललितपुरबासीले खाली गाग्रीसहित प्रदर्शन गरेका छन् । मेलम्चीको पानी तुरुन्त खोल्न माग गर्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले शुक्रबार मंगलबजारदेखि लगनखेलसम्म प्रदर्शन गरेको हो ।

उनीहरुले मेलम्ची खानेपानीमाथिको चलखेल बन्द गरी निरन्तर पानी आउने अवस्था बनाउन माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘पानीमा भ्रष्टाचार बन्द गर’, ‘भ्रष्टाचारी सरकार राजीनामा दे’, ‘तुरुन्तै मेलम्चीको पानी खोली दे’ लगायतका नारा लगाउदै खाली गाग्री र भाँडो प्रदर्शन गरेका थिए।

मेलम्चीको पानी आउन नसक्दा खानेपानीमा समस्या भएकाले तत्काल जनताको माग सरकारले सुनुवाई गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू