Sunrise appliances
Homeखेलकुदस्पोर्टस् अवार्ड माघ १२ गते दिइने

स्पोर्टस् अवार्ड माघ १२ गते दिइने

काठमाडौँ, २२ पुस : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने २०औँ संस्करणको स्पोर्टस् अवार्ड आगामी माघ १२ गते हुने भएको छ ।

मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधामा पुरस्कार प्रदान गरिने बताए ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ । त्यसैगरी, लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको विजेताको नाम भने पुरस्कार प्रदान गरिने दिनमा घोषणा गरिनेछ । यसपटक वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीका विजेताले एक–एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । पहिलोपटक पाँच विधाका विजेताले बाइक पाउने भएका हुन् । त्यस्तै, अन्य विधाका विजेताले भने जनही रु ५० हजार पाउनेछन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू