Sunrise appliances
Homeमुख्य समाचारकिपु एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औँ वार्षिक साधारण...

किपु एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औँ वार्षिक साधारण सभा सम्पन्न

किर्तिपुर–३ खासी बजारमा मुख्य कार्यालय रहेको किपु एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औँ वार्षिक साधारण सभा इकाइगत रुपमा सम्पन्न गरेको छ । शनिबार आयोजित साधारण सभाको प्रमाणिकरण समारोह किर्तिपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सुबिन्द्र महर्जन र किर्तिपुर नगरपालिका सहकारी विभागका प्रमुख सुचिन्द्र महर्जनको आतिथ्यतामा आयोजना गरिएको थियो । सो कार्यक्रममा २०७९÷०८० को प्रतिवेदन सार्वजनिकका साथै नयाँ पदाधिकारीहरुको चयन पनि गरेको थियो ।

सभामा आफनो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे सम्पुर्ण बचतकर्तालाई आफुले सकेसम्म दैनिक नसके मासिक रुपमा बचत गरिरहन र महिला बचत कर्ताहरुलाई रोजगारमुलक कार्यक्रमहरु संस्था मार्फत सुरु गर्ने संस्थाका अध्यक्ष देवेन महर्जनले बताए । त्यसका साथै प्रमुख अतिथि सुबिन्द्र महर्जनले पछिल्लो समयमा सहकारीहरुका देखिएको आर्थिक तरलता भन्दा किपु एकता बचत सहकारीले छुट्टै छवि बनाएको बताए, आवश्यक परेको बेला पैसा उठाउन नसकेको बेला यस संस्थाले निर्धक्क सहकारीले दिने सम्पुर्ण सुविधा दिइराखेको खुशी व्यक्त गरे र वडाको तर्फ बाट गर्ने सकिने सहयोग र विभिन्न कार्यक्रमहरुमा हातेमालो गर्दे अगाडी बढ्न हौसला प्रदान गरे ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू