Sunrise appliances
Homeअन्यपत्रपत्रिकासिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट

सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट

काठमाडौँ । सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट आएको छ । बजारमा माग न्यून हुँदा उत्पादनमा उल्लेख्य गिरावट आएको हो । आर्थिक सङ्कटका कारण विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा सिमेन्ट उत्पादनमा कमी आएको छ । ठुला जलविद्युत् आयोजना, हाउजिङ, घर निर्माण न्यून हुँदा बजारमा सिमेन्टको माग कम रहेको उद्योगीको भनाइ छ ।

सिमेन्ट उत्पादक सङ्घका अनुसार वार्षिक ५० करोड बोरा सिमेन्ट उत्पादन हुने क्षमता रहेकामा हाल १८ करोड बोरा मात्र उत्पादन भइरहेको छ । सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेलले आन्तरिक बजारमा माग कम हुँदा उत्पादनमा उल्लेख्य कमी आएको जानकारी दिए । “ठुला जलविद्युत् निर्माणको काम नुहुँदा आन्तरिक बजारमा सिमेन्टको खपत न्यून छ,” उनले भने, “सरकारले निर्यातमा नगद रकम वृद्धि गरे निर्यात बढाई विदेशी मुद्रा भित्र्याउन सक्छौँ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू