Sunrise appliances
Homeकाठमाडौंनाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ परेकी छिन । काठमाँडौको जडीबुटी स्थित टिमुरे क्याफे र चरिकोट गेस्टहाउसका साथै अन्य गेस्टहाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई यौन गतिविधिमा लागाउने गरेको खुल्न आएको छ । मानव अनुसन्धानका प्रहरी टोलीले दुई जना बालबालिकाको उद्धार गरी उक्त कार्यमा संलग्न एक महिलालाई जडीबुटीबाट प्रक्राउ गरी मानव बेचबिखन तथा ओसार पसार मुद्धामा पाँच दिनको म्याद थप गरी अनुसन्धान पनि गरिरहेको छ । वर्ष ३६ की आशा लामा भनिने लालमाया तामाङले आर्थिक अवस्था कमजोर भएका ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई क्याफे तथा गेस्ट हाउसमा वेटरको काम लगाई दिने तथा आकर्षक तलब सुबिधा दिने प्रलोभनमा पारी बोलाउने गरेकी थिइन् । ती नाबालिकाहरु लाई बिगत ३ वर्ष देखी ग्राहकहरु सँग रकम लिई शारिरिक सम्पर्क राख्न लगाई थोरै रकम मात्र पीडित युवतीहरुलाई दिने गरेको खुल्न आएको छ । यस घटना संलग्न अन्य मानिसहरुको खोजतलास तथा थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता कृष्ण प्रसाद पंगेनीले बताए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू