Sunrise appliances
Homeखेलकुदआहा–रारा गोल्डकप : आर्मी क्वाटरफाइनलमा

आहा–रारा गोल्डकप : आर्मी क्वाटरफाइनलमा

कास्की, १० माघ : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा–रारा पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न खेलमा आर्मीले राइजिङ स्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

खेलको २७औँ मिनेटमा आर्मीका लागि भरत खवासले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । पेनाल्टीबक्समा खवासले हेड गर्दै गोल गरेका थिए । निर्णायक गोल गरेका खवास ‘प्लेयर अफ दी म्याच’  घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे । 

प्रतियोगितामा बिहीबार मच्छिन्द्र क्लब र जावलाखेलबीच खेल हुनेछ । यही माघ ९ गतेदेखी सुरु भएको प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले रु १२ लाख एक हजार तथा उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्नेछ । 
सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू