Sunrise appliances
Homeअन्यविश्व बिदेशएमसी मेरी कोमले लिइन् बक्सिङबाट संन्यास

एमसी मेरी कोमले लिइन् बक्सिङबाट संन्यास

नयाँ दिल्ली । बक्सिङमा छ पटक विश्व च्याम्पियन भएकी एमसी मेरी कोम (मंगते चुङनेइजाङ मेरी कोम)ले बक्सिङबाट संन्यास लिएकी छन् । बुधबार राति एक कार्यक्रमको आयोजना गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

मेरी कोमले आफ्नो अन्तिम खेल २०२२ को कमनवेल्थ गेम्सको ट्रायलका क्रममा खेलेकी थिइन्। उनले भनिन्, ‘मैले आफ्नो जीवनमा सबै कुरा हासिल गरेकी छु। मसँग अझै प्रतिस्पर्धा गर्ने भोक छ, तर अन्तर्राष्ट्रिय बक्सिङ महासंघको नियमले मलाई त्यसो गर्न अनुमति दिँदैन। वास्तवमा, पुरुष र महिला बक्सरहरूलाई ४० वर्षको उमेरसम्म मात्र लड्न अनुमति दिइएको छ, त्यसैले म अहिले कुनै पनि ठुलो प्रतियोगितामा भाग लिन सक्दिनँ।’

४१ वर्षीया मेरी कोमले २०१२ लन्डन ओलम्पिकमा भारतका लागि कांस्य पदक जितेकी थिइन् । उनी ६ पटक विश्व च्याम्पियनसमेत भइन् । मेरी कोम यस्तो गर्ने एक मात्र महिला बक्सर हुन्। यसबाहेक उनी ५ पटक एसियाली च्याम्पियनसिप जित्ने एक्लो खेलाडी पनि हुन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू