Sunrise appliances
Homeसमाचारवडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारमा दोषी ठहर

वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारमा दोषी ठहर

काठमाडौँ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्ष भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा दायर मुद्दामा उनीहरू दोषी ठहर भएका हुन् । 

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका हुन् । घुस लेनदेनमा बिचौलियाको काम गरेका विनोद भरलाई समेत मतियारको रूपमा सजाय भएको छ । 

विशेष अदालतका न्यायाधीशहरू डा.खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मेहतालाई शुक्रवार दोषी ठहर गरेको हो । शुद्धोधन गाउँपालिका, रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र सोही गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भीमबहादुर यादवले ठेक्कामार्फत नदीबाट झिकिएको बालुवा तथा गिट्टीको बिक्री आदेशका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृतमार्फत बिचौलिया विनोद भरलाई प्रयोग गरी सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको जानकारी पाएपछि अख्तियारको टोलीले भरलाई लिइसकेको रकमसहित रङ्गेहात पक्राउ गरेको थियो । भरकै बयानका आधारमा प्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडाध्यक्ष यादव पक्राउ परेका थिए । 

अनुसन्धानपछि बिक्री आदेशको म्याद थप गर्ने प्रयोजनका लागि घुस मागेको पुष्टि भएपछि अख्तियारले गत असार ११ गते उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । 

सोही मुद्दामा शुक्रवार फैसला सुनाउँदै प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई ५० हजार बिगो बराबरकै जरिवाना र तीन महिना कैदको सजाय सुनाइएको छ । घुस रकम माग गर्ने वडा अध्यक्ष यादव र बिचौलिया विनोद भरलाई भने मतियारको रूपमा जनही २५ हजार रुपैयाँ जरिवाना र डेढ महिना कैदको फैसला सुनाइएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू