Sunrise appliances
Homeकाठमाडौंकाठमाडौं महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

काठमाडौं महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ। 

उपप्रमुख सुनिता डंगोल नेतृत्वको टोलीले अनुगमनका क्रममा अस्पतालको फोहोर व्यवस्थापनमा कमजोरी देखेपछि फोहोर नउठाउने निर्णय गरेको हो। 

फोहोर वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर नउठाउने जानकारी अस्पताललाई दिइएको हो।

‘अरूलाई नमूना भएर देखाउनु पर्ने अस्पतालहरु आफैंले कमजोरी गरेको देखियो,’ उपप्रमुख डंगोलले भनिन्, ‘अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो, यो गलत प्रक्रिया हो।’

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादन स्थल बन्न हुँदैन। त्यसैगरी फरक प्रकृतिको फोहोर राख्न रंग संकेतको पालना समेत नभएको उनले बताए।

‘यस्ता कार्यले हानिकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनु पर्ने अवस्था आएको हो,’ श्रेष्ठले भने, ‘स्रोतमा फोहोर छुट्टिएको, हानिकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको यकिन नहुञ्जेल फोहोर उठाउँदैनौं।’

अस्पतालले हानिकारक फोहोर निर्मलीकरण गर्न उपकरण जडान गरेको छ। यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनुपर्ने टोलीले सुझाव दिएको छ। 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू