काठमाडौँः सीताराम गोकुल मिल्क्स ले स्पेशल मिल्क फर टि एण्ड कफी हालसालै बजारमा ल्याएको छ । उत्कृष्ट र गुणस्तरीय डेरी उत्पादनद्वारा ग्राहकहरुमाझ एक विशिष्ट पहिचान बनाएको सीताराम गोकुल मिल्क्स प्रा.लि ले आफ्नो नयाँ प्रडक्ट यही फाल्गुण १ गते देखि बजारमा ल्याएको हो । उपभोक्ताहरुले सहजै चिया वा कफी बनाउनको लागी स्पेशल दुधको सट्टा यसको प्रयोग गर्ने पाउने भएका छन् । सो दुधले चिया र कफीको स्वाद बढाउनका साथै मुखमा छुट्टै मिठास ल्याउने सीताराम गोकुल मिल्क्स प्रा. लिको भनाई छ । चिया र कफीका पारखि एवम् साना तथा ठुला चिया पसल, क्यान्टिन, पार्टि प्यालेस, होटेल र रेष्टुरेन्टको दैनिक खपतलाई लक्षित गरी सीतारामले सोही दुध १ लिटरको पाउचमा ल्याएको हो ।
सीता रामको नयाँ प्रोडक्ट,स्पेसल मिल्क फर टि एन्ड कफी बजारमा
सम्बन्धित लेखहरू