Sunrise appliances
Homeकाठमाडौंखोलामाथि घर बनाउने होइन,सार्वजनिक सम्पतिमा आँखा लाउने होइन : मेेयर बालेन

खोलामाथि घर बनाउने होइन,सार्वजनिक सम्पतिमा आँखा लाउने होइन : मेेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुढानील्कण्ठ लक्षित टिप्पणी गरेका छन् । मेयर बालेनले समाजिक सन्जालमा एक स्टाटस लेख्दै सार्वजनिक सम्पत्तिका बारे गरेको टिप्पणीका केही अंश बुढानीलकण्ठ लक्षित थियो । उनले लेखेका छन्, खोलामाथि घर बनाउने होइन । खोला किनारमा बस्ती बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन ।“ बुढानीलकण्ठ नगरपालिकामा खोला मासेर बाटो तथा घर बनाएको प्रति उनले गरेको टिप्पणीले बुढानीलकण्ठ मेयर मिठाराम अधिकारीलाइ पनि समेत छोएको छ । अधिकारीको घर नै खोलामा परेको भनेर टिप्पणी हुने गरेको छ ।

बालेनले आफूहरू फराकिलो काठमाडौं बनाउने बाटोमा रहेको बताएका छन् । काठमाडौंस्थित खुलामञ्चमा खेलमैदान बनाउन लागिएको दाबीसहितका समाचारको खण्डन गर्दै बालेनले स्पष्टीकरण दिएका हुन् ।

उनले आफूहरूको चाहना खुलामञ्च सधैँ खुला नै हुनुपर्ने रहेको बताएका छन् । “हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुलै हुनुपर्छ । त्यो कुनै समूह वा कुनै एक कार्यका लागि मात्र नभएर बहुउपयोगी महत्त्वको बनोस् भन्नेमा हामी सचेत छौँ,“ बालेनले फेसबुकबाट भनेका छन् ।

उनले अगाडि लेखेका छन्, “खुलामञ्च यस्तो ठाउँ बनोस्, जहाँ बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्, योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकून्, बच्चाहरू खेल्न पाउन्, दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्, प्रदर्शन, विरोध र रचनात्मक कार्यक्रमहरू त्यही खुलामञ्चमा राख्न पाइओस् ।“

यही योजनालाई सार्थक बनाउन आफूहरूले १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी कङ्क्रिट हटाउने काम सकाएको उनको भनाइ छ । बालेनले खुलामञ्चलाई खुलारूपमा सहज बनाउने प्रक्रियाको आफूहरूको अर्को चरणमा पुगेको बताएका छन् ।

उनले आफूहरू रहेसम्म खुलामञ्च सधैँ सबैका लागि खुला हुने आश्वासन दिएका छन् । “हामी खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेका छौँ । जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन । हामी कुनै पनि किसिमले अतिक्रमित धेरै भन्दा धेरै ठाउँ खुला गर्ने प्रक्रियामा गइसकेको छौँ, जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन वा सकारात्मक मानिएन,“ बालेनले भनेका छन् ।

उनले अगाडि थपेका छन्, “खुलामञ्चमा बसपार्क बनाउने होइन । सडकमा जतासुकै बाटो काट्ने होइन व्यापार गर्ने हैन । फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू