काठमाडौँ । काठमाडौं महानगरपालिका कि उपमेयर सुनिता डंगोलले वीर र ट्रमा अस्पतालमा फ़ोहोर ब्यवस्थापन कसरी भइरहेको छ भनेर अनुगमन गरेकी छिन ।काठमाडौँ ठूला अस्पतालमध्ये वीर अस्पतालबाट मासिक २७ हजार ५ सय किलो फोहोर उत्पादन हुने गरेको छ । जसमध्ये संक्रमणजन्य फोहोर ८ हजार १५३ केजी, सुइबिनाको सिरिञ्ज ६३९ केजी, तिखो सिसा १२० केजी, धारिलो तथा तीखो धातु १०४ केजी, डाइपर र सेनिटरी प्याड २ हजार १४४ केजी, कागज २ हजार २२३ केजी, प्लाष्टिक र प्लाष्टिकजन्य बोतल ७ हजार ७०२ केजी, नफुटेका सिसा १ हजार ४४० केजी फोहोर छ । जसमध्ये ५ हजार ३६ किलो कुहिने फोहोर छ । ट्रमा सेन्टरमा मासिक ९ हजार किलो फोहोर उत्पादन हुन्छ । जसमा संक्रमित फोहोर २ हजार ४ सय केजी छ । बाँकी जैविक फोहोर हुने गरेको छ ।
अस्पतालहरुले संक्रमित फोहोरलाई सामान्य फाेहर बनाउने प्रयासमा छन । सानातिना त्रुटि र छुटेका प्रक्रियालाई सुधार गरेर उत्कृष्ट र नमूना बनाउनु पर्छ । उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा गएको अनुगमन टोलीले सुझाएकाे छ ।
अनुगमनका बारेमा जानकारी दिदै उपप्रमुख डंगोलले भनिन, ‘सामान्य वेडहरु, सघन कक्ष र आकस्मिक कक्षहरु, चिकित्साबाट उत्पादन हुने फोहोर वर्गीकरणको प्रक्रिया, स्रोतमा वर्गीकरण भएको फोहोर ढुवानी गरेर निर्मलीकरण तथा भण्डारणसम्म पु¥याउने विधि, यस क्रममा अपनाइने सुरक्षाका उपाय हेरेका छाैँ। अभ्यास सन्तोषजनक नै छ । सुधारका केही ठाउँ पनि देखिएका छन् । यसलाई सुधार गर्न अस्पताललाई भनेका छौँ ।’
स्रोतमा फोहोर मिसिन सक्ने, ढुवानी तथा प्रशोधन कार्यमा सहभागी हुने व्यक्तिको सुरक्षा, भण्डारण कक्षको उचित प्रबन्ध र बाहिर निकाल्ने फोहोरमा धारिलो तथा जोखिमयुक्त फोहोर मिसिन सक्ने खतराबाट बचाउन अनुगमनका क्रममा दिइएका सुझाव हुन् ।