Sunrise appliances
Homeप्रदेशप्रदेश ५नवलपुरमा पाँच गिद्ध मृत फेला

नवलपुरमा पाँच गिद्ध मृत फेला

मध्यविन्दु (नवलपरासी), ७ फागुन : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–११ लोकाहा खोला किनारमा आज पाँच गिद्ध (जटायु) मृत फेला परेका छन् ।

चार डङ्गर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन् र जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार सोही स्थानमा एउटा सुन गिद्ध र ६ डङ्गर प्रजातिको गिद्ध बिरामी अवस्थामा फेला परेका छन् ।

गिद्ध मरेको स्थानमा दुई स्याल पनि मृत फेला परेकाले त्यही सिनो खाएर गिद्ध मरेको आशङ्का गरिएको छ । खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए ।

मरेका गिद्धको मङ्गलबार परीक्षण गरिने तथा बिरामी गिद्धको प्राथमिक उपचार गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू