Sunrise appliances
Homeमुख्य समाचारदेशकै ठूलो बजेट भएको काठमाडौँ महानगरको पूँजिगत खर्च जम्मा १४.११ प्रतिशत

देशकै ठूलो बजेट भएको काठमाडौँ महानगरको पूँजिगत खर्च जम्मा १४.११ प्रतिशत

काठमाडौं ।  देशकै ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा पूँजिगत खर्च जम्मा १४.११ प्रतिशत गरेको छ । कुल १५ अर्ब ६ करोड ५० लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको महानगरले साउनदेखि माघसम्म २ अर्ब १२ करोड २५ लाख रुपैयाँ मात्रै खर्चिन सकेको छ । यो तथ्यांकले देशका अन्य ५ महानगरभन्दा काठमाडौँलाइ पछाडि देखाएको छ । ६ महानगरमध्ये ललिपुर ललितपुर महानगरपालिकाको पुँजीगत खर्च भने करिब ३३ प्रतिशत भएको देखिन्छ । खर्चमा सबैभन्दा अगाडि ललितपुर देखिए पनि बाँकी महानगरको हालत निकै कम देखिन्छ ।

काठमाडौंपछि सबैभन्दा कम खर्च गर्नेमा भरतपुर महानगर छ । भरतपुरले विनियोजित पुँजीगत खर्चको करिब १८ प्रतिशत मात्रै खर्च गरेको छ । सबैभन्दा बढी पुँजीगत खर्च गर्ने वीरगन्ज महानगरको ३४.३१ प्रतिशत छ ।वीरगन्जकै हाराहारीमा विराटनगरले पनि विनियोजितको तुलनामा ३४.१५ प्रतिशत खर्च गरेको छ । ललितपुर महानगरपालिकाको पुँजीगत खर्च भने करिब ३३ प्रतिशत भएको देखिन्छ । पोखरा महानगरपालिकाको २५ प्रतिशतमा सीमित छ । महानगरपालिकाहरूको पनि वर्षान्तको अन्त्यमै बढी खर्च गर्ने प्रवृत्ति देखिन्छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू