Sunrise appliances
Homeप्रदेशप्रदेश ६रास्कोटमा ‘मेयर हेल्थ केयर कार्यक्रम’

रास्कोटमा ‘मेयर हेल्थ केयर कार्यक्रम’

मान्म (कालीकोट), ११ फागुन : ‘मेयर हेल्थ केयर कार्यक्रम, घरमा स्वास्थ्यकर्मी साथी’ नाराका साथ सञ्चालन भएको ‘मेयर हेल्थ केयर’ कार्यक्रमबाट एक सय ३८ जनाले सेवा लिएका छन् । रास्कोट नगरपालिका–९ को फुकोटगाउँमा सञ्चालन भएको ‘मेयर हेल्थ केयर’ कार्यक्रमबाट एक सय ३८ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।

मेयर हेल्थ केयर कार्यक्रमबाट फुकोट स्वास्थ्य चौकी सञ्चालन भएको शिविरमा एक सय ३८ सेवाग्राही सेवा लिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले जनाकारी दिनुभयो । “एक सय सात महिला, ३१ पुरुषले स्वास्थ्य सेवा पाउनुभएको छ”, उहाँले भन्नुभयो, “त्यसमध्ये आठजनाको मधुमेह जाँच, २४ जनाको भिडियो एक्सरे, एक सय तीन जनाले आयुर्वेद सेवा लिनुभएको छ ।” रास्कोट नगरपालिकामा मेयर हेल्थ केयर कार्यक्रमअन्तर्गत हरेक वडामा एकजना एमबिबीएस डाक्टरसहितको टोली पुगेर जनताको स्वास्थ्य परीक्षण गरिएको नगरप्रमुख शाहीले जानकारी दिनुभयो । “नौवटा वडा भएको रास्कोटमा यस्तो शिविर एउटा वडामा वर्षमा चारपटक चल्छ”, उहाँले भन्नुभयो, “चिकित्सकले ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीलाई केन्द्रमा राखेर सुविधा दिइरहेका छन् ।” स्थानीयको ‘प्रेसर, सुगर’, प्रयोगशाला परीक्षणदेखि गर्भवतीको भिडियो एक्सरेसम्मका सुविधा नगरपालिकाले उपलब्ध गराउने गरेको नगरप्रमुख शाहीले जानकारी दिनुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू