काठमाडौँ, १८ फागुन : प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम अन्तर्गत नवौँ समूहमा तालिमरत एक सय १४ प्रशिक्षार्थी प्रहरीहरु बञ्जी जम्प गर्न कुश्मास्थित द क्लिफ पुगेका छन् । बिहीबारदेखि सुरु बञ्जी जम्प शनिबारसम्म चल्नेछ । बिहीबार १२ जनाले जम्प गरेका छन् भने बाँकीले आज र भोलि जम्प गर्ने छन् ।
प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलको संयोजनमा प्रहरीहरू बञ्जी जम्प पुगेको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिनुभयो । यसअघि पनि प्रहरीका दुई समूहले फरक–फरक समयमा द क्लिफमै बन्जी गरेका थिए । क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताउनुभयो ।