Sunrise appliances
Homeकृषिके हो त अर्गानिक कृषि ? यससम्बन्धी सम्पूर्ण जानकारी जानीराखौ

के हो त अर्गानिक कृषि ? यससम्बन्धी सम्पूर्ण जानकारी जानीराखौ

अर्गानिक यस्तो प्रबिधि हो जस भित्र माटो पानी, पर्यावरण, जिबजन्तु तथा मानव स्वास्थ्य सुरक्षीत हुन सकुन् । सामान्य रूपमा भन्नुपर्दा प्रकृतिको सहि रूपमा संरक्षण तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने रासायनिक मल, बिउ, बिषादि लगायतका सामाग्री तथा प्रबिधिहरुको प्रयोग नगरी प्राकृतिक रूपमा उपलब्ध हुने बस्तुको प्रयोग गरि माटोको उर्वरा संरक्षण गरि स्वस्थ, सभ्य र स्वच्छ तरिकाले गरिने खेती नै अर्गानिक खेती हो । यस प्रबिधिमा जस्ले पर्यावरण, उत्पादन प्रणाली तथा यो प्रक्रियामा सामेल हुने कुनै साझेदार मानव, बोट, बिरुवा, जीवजन्तुलाई नकारात्मकभन्दा सकारात्मक प्रभाव दिन सकोस् । यसमा तीनवटा पक्षमा सन्तुलन ल्याउछ । आर्थिक पक्ष , वातावरणीय पक्ष, सामाजिक पक्षलाई ध्यान दिएर यो खेती प्रणाली अपनाइन्छ ।

-प्राङ्गारिक कृषिका सिद्धान्तहरु
मानव स्वास्थ्य, वातावरणिय स्वास्थ्य तथा सम्पुर्ण उत्पादन प्रणालीको संरक्षण र सम्बर्द्धन गर्दै सिङ्गो कृषि उत्पादन प्रणालीलाई दिगो बनाईराख्नु प्राङ्गारिक कृषिको मुख्य सिद्धान्त
हो ।

१) स्वास्थ्यको सिद्धान्त ( principle of health ): दिगो कृषि बिकासको लागि माटो, हावा, पान, बनस्पति, जीव जन्तु तथा मानव लगाएतका समग्रमा पृथ्वीलाई स्वस्थ तथा जिवन्त बनाउन वातावरण गर्नु पर्छ ।

२) पर्यावरणको सिद्धान्त ( principle of ecology ) : पर्यावरण प्रक्रिया र पुनः प्रयोग प्रणाली अनुसार कृषि उत्पादन गर्नु पर्दछ ।

३) निश्पक्षताको सिद्धान्त ( principles of fairness ) : एक अर्कोको समान, सामाजिक न्याय, समान अबसर र कामको सम्मानबाट नै बास्तबिक प्राप्त हुन्छ । तसर्थ प्राङ्गारिक खेती अबलम्बन गर्नेहरुले जहिले पनि उत्पादन, वितरण, उपयोगमा समताको अबधारणालाई ख्याल गर्नु पर्दछ ।

४) स्याहारको सिद्धान्त ( principales of care ) : प्राङ्गारिक कृषिमा सहजरूपमा उत्पादन वृद्धि गर्न सकिन्छ तर उत्पादन वृद्धि गर्दा वाताबरणिय दिगोपनमा आच आउन दिनु हुदैन । बर्तमान वा भबिस्यमा वातावरणीय सन्तुलन र भावी सन्ततिको स्वास्थ्यमा नकारात्मक असर कम गर्न नयाँ प्रबिधि र परम्परागत प्रबिधिको संयोजन गरि उपयोगमा ल्याउनु पर्दछ ।

यि मुख्य चारवटा सिद्धान्तको आधारमा

-यसको ऐतिहासिक पृष्ठभुमि
यसको इतिहास हेर्दा १९ औं शताब्दी तिर जापानी बैज्ञानिकबाट प्राङारिक प्राकृतिक कृषिको वकालत गरेको पाइन्छ । सन १९२४ तिर रुड्ल्फ स्टाइनरले जैविक गतिशील कृषि सम्बन्धि सिद्धान्त को बिकास गरेका थिए । सन १९५० मा रोबर्ट रोडेलले प्राङ्गारिक कृषिको प्रचार प्रसार अमेरिकामा गरेको पाइन्छ । सन १९६२ मा रासायनिक कृषिको नकारात्मक असरबारे आमजनमानसमा जनचेतना जगाउने उदेश्यले राचेल कार्शन ले silent spring ) साइलेन्ट स्प्रीङग नामक किताब प्रकाशित गरि अमेरिकी वातावरणमा बिषादिको नकारात्मक असर बारे लेखेका थिए । सन १९६२ मा सयुत्त राज्य अमेरिकामा वातावरण संरक्षण एजेन्सी ( enviroment protection agency ) को स्थापना भएको थियो ।

सन १९७० मा बिस्वमा पहिलो पटक प्राङ्गारिक कृषि सम्बन्धि अन्तरास्ट्रिय महासंघ अर्थात प्राङ्गगारिक कृषि अभियान को अन्तर्राष्ट्रिय महासंघ ( international federation of organic agriculture movements ) IFOAM को स्थापन भएको थियो । १९७० को दशक मै पर्मा कल्चर ( PERMACULTURE ) को प्रारम्भिक प्रयास सुरु भएको थियो । सन १९८० को दसक मा निजिस्तर बाट मापदण्डको बिकास भएको देखिन्छ । सन १९९० दसक मा युरोपियन युनियनबाट प्राङगारिक कानुन पारित भएको थियो । सन २००० मा अमेरिकी सरकारबाट प्राङगारिक कानुन लागू भएको थियो ।

सन २००० मै भारत ,चीन ,अस्ट्रेलिया लगायत देशहरुमा पनि प्राङ्गगारिक मापदण्ड र त्यस सम्बन्धि निति कार्यक्रम तर्जमा गरि कार्यान्वयन गरेको पाइन्छ । आधुनिक प्राङ्गारिक खेतीको जन्मथलो पोल्यान्डको सिल्भी क्षेत्रबाट भएको मानिन्छ । हाल बिस्वका विभिन्न देशमा प्राङ्गारिक खेती पद्धति को व्यापक रूपमा प्रसार हुदै आइरहेको छ । जापान, अष्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, युरोप देशहरुमा ब्यापकता बढदै गइरहेको छ । क्षेत्रफलको आधारमा नर्बे, डेनमार्क, जर्मनमा यसको क्षेत्रफल बढी रहेको छ । नेपालमा भने प्राङगारिक खेतीको क्षेत्रफल कम भए पनि यसको बारेमा जनचेतना बढदै गएको हुँदा, सोच्न बोल्न र कार्यहरु सुरु भैरहेको छ । पहिलो पटक सन २००९ बि स २०६५/११/२० गते नेपाल सरकारबाट प्राङ्गारिक मापदण्ड निर्देशिका पारित गरेको थियो । नेपालमा पहिलो पटक जुम्लालाई अर्गानिक जिल्लाको रूपमा घोषण गरिएको थियो । कर्णाली प्रदेशलाई देशको पहिलो अर्गानिक प्रदेश रूपमा घोषणा गरिएको छ ।

-नेपालमा प्राङगारिक कृषिको अवस्था
सन १९५० सम्म नेपालमा गरिने खेती पुर्ण रूपमा अर्गानिक रहेको थियो । बिस्वमा हरित क्रान्तिको सुरुवातसगै नेपालमा पनि कृषि उत्पादन वृद्धिको लागि रासायनिक बिषादि तथा मल को प्रयोग सुरु भएको थियो । खाद्यान्न उत्पादन बढाउन प्रयोग भएका रासायनिक मल तथा बिषादिको नकारात्मक असर देखा पर्न सुरु भयो । त्यस सगै शहरि क्षेत्रमा बसोबास गर्ने जनमानसमा प्राङारिक खाद्यान्न प्रती हाल जनचेतना बढदै गएको छ । नेपालमा IFOAM को २०१६ को प्रतिबेदन अनुसार ९३६१ हेक्टर जमिनमा प्राङारिक खेती गरेको पाइन्छ । एक अध्ययन प्रतिबेदनले नेपालमा ग्रामीण भेगमा अझै पनि २६ प्रतिशत खेतीयोग्य जमिन प्राङारिक रहेको छ । काठमाडौ उपत्यकामा गरिएको एक सर्वेक्षण ले ४ प्रतिशत उपभोक्ता सदैव प्राङारिक खाद्यान्न उपभोक गर्ने गरेका छन भने ७९ प्रतीशत प्राङारिक खाद्यान्न किन्न इच्छुक भएको देखाएको छ ।

हाल, नेपालबाट प्रमाणिकरण भै बिदेशमा निर्यात भैरहेको बालीहरु चिया, कफी, सिमि, फापर, अदुवा, बेसार, धनिया, पिरो खुर्सानी, अलैंची, लेमन ग्रास, essential oils र जडिबुटीहरु नेपालमा प्रमाणीकरण भै बिदेशमा निर्यात भैरहेको छ । अहिले व्यापक रूपमा प्राङ्गगारिक कृषिको कुरा उठिरहेको छ । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश लाई अर्गानिक प्रदेशको रूपमा घोषणा गरिसकेको छ । प्राङ्गारिक खेती गरिन्छ ।

-नितिगत ब्यबस्थाहरु
नेपाल सरकार को राष्ट्रिय कृषि निति २०६१ ले ” प्राङारिक खेती (organic farming ) लाई प्रोत्साहन गरिने छ । प्राङ्गगारिक खेती गरि कृषिबस्तु निकासी गर्ने उत्पादन क्षेत्रमा उत्पादित कृषि बस्तुहरुको गुणस्तर प्रमाणीकरणकाको लागि टेवा पुर्याइने ” भनी उल्लेख गरिएको छ ।

सन २००९ (२०६५/११/२० मा नेपाल सरकारबाट प्राङारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय प्राबिधिक मापदण्ड सम्बन्धि निदेशिका २०६४(;संशोधन २०६५) पारित भएको थियो । प्राङ्गगारिक तथा जैविक मल नियमन कार्यबिधी २०६८ नेपाल सरकारमा कृषि तथा सहकारी मन्त्रालयबाट मिति २०६८/७/७ गते स्वीकृत भएको छ । प्राङ्गगारिक कृषि लाई प्रवर्द्धन गर्नलाई प्राङ्गगारिक मलमा अनुदान कार्यक्रम को लागि नेपाल सरकार मा.मन्त्रीस्तरबाट मिति २०७२/२/५ मा प्रागारिक मल अनुदान (जिल्लास्तर ) कार्यबिधी २०७२ स्वीकृत भएको थियो । जैविक तथा वानस्पतिक बिषादि उत्पादन तथा प्रयोग लाई प्रोत्साहित गर्नको लागी ( जैविक तथा वानस्पतिक बिषादि उत्पादन तथा अनुदान निर्देशिका २०७४ ) लागु गरिएको छ ।

देशमा प्राङ्गगारिक कृषि उत्पादन र बजारीकरणको पुर्न मुल्य शृङ्खलाको बिकासमा सहयोग गर्न तथा उत्पादन र उपभोक्ता बीच दिगो सम्बन्ध बनाइ दीर्घकालीन प्राङ्गगारिक कृषि उत्पादन बजारीकरण र उपभोगका लागि सहज रूपमा कार्यक्रम गर्न नेपाल सरकारबाट ” प्राङ्गारिक कृषि प्रबर्द्धन मिसन कार्यक्रम कार्यबिधी २०७५ लागु गरिएको छ ।

प्राङ्गारिक कृषि उपजहरुको गुणस्तर निर्धारण ,मापन र प्रमाणीकरण लागि कृशकको सबै गतिविधि अभिलेख राखी प्राङ्गारिक प्रमाणीकरण प्रक्रियालाई ब्यबस्थित गर्न को लागी ( प्राङ्गारिक कृषि उत्पादनको सामुहिक प्रमाणीकरण लागी आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०६९ निर्माण गरिएको छ ।कृषि बिकास रणनीति २०१५ मा पनि प्राङारिक खेतीको प्रवर्द्धनलाई समाबेश गरिएको छ ।

-कर्णाली प्रदेश को हकमा
कर्णाली प्रदेश सरकार मन्त्रीपरिषदको प्रथम बैठकबाट कर्णाली प्रदेशलाई अर्गानिक क्षेत्र घोषणा गरे संगै त्यसलाई कार्यान्वयन गर्न र अर्गानिक कृषि प्रबिधि अनुसरण तथा बिस्तार गरि कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न मा .मन्त्री ज्युबाट २०७५/०८/०५ स्वीकृत ” अर्गानिक मोडेल कृषि कार्यक्रम कार्यान्वयन कार्यबिधी २०७५ ” लागु गरि कार्यान्वयन मा ल्याइएको छ ।

प्राबिधिक शिक्षालयहरुमा अर्गानिक खेती तथा पशुपालन सम्बन्धि प्रबिधि पशिक्षण तथा प्रदर्शन मार्फत अर्गानिक लाई टेवा पुग्ने उदेश्यले “प्राबिधिक बिद्यालयमा अर्गानिक कृषी / पशु सेवा कार्यक्रम संचालन कार्यबिधी २०७६ ”

कर्णाली प्रदेश मा दलित ,अति बिपन्न तथा लक्षित बर्ग विशेष एकीकृत नमुना अर्गानिक कृषि लाई प्रबर्द्धन को लागी ” लक्षित बर्ग अर्गानिक कृषि प्रबर्द्धन कार्यक्रम कार्यान्वयन कार्यबिधी २०७६”

कर्णाली प्रदेशका अर्गानिक निति बनाइ कार्यान्वयनमा गएका स्थानीयतहलाई प्रोत्साहन गर्न को लागी ” स्थानीय तहका लागि अर्गानिक उत्पादन प्रोत्साहन कार्यबिधी २०७५ ”

-अर्गानिक कृषिको फाइदा
यसले मानव स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुर्याइ रहेको छ । यसको ले गर्दा मानव स्वास्थ्य क्यान्सर, अल्सर, मुटु तथा नसा सम्बन्धि रोग , अपज, बान्ता हुने, खाना रुचि नहुने, अपांग बच्चा जन्मिने, आखा कम्जोर भै अन्धो हुने र बिषादिको खराब असरले गर्दा हाम्रो शरीरका विभिन्न अंगहरुले राम्रो सग काम गर्न नसक्ने भइ चिनी रोग र मृगौला तथा पित्त थैलिमा पत्थर जम्ने जस्ता रोगको प्रकोप बढने कुरा बैज्ञानिकहरुले दाबी गरेका छन । प्राङ्गारिक खेतीले दिगो रूपमा उत्पादन बढने, पोषिलो र गुणस्तरयुत्त खाद्यान्न उत्पादन हुने तथा माटोको उर्वरा शक्ति बढने शुद्ध, शुद्ध पानी पाइने,अर्को भनेको जैविक बिबिधता र स्थानीय ज्ञान तथा सीपको संरक्षण हुने गर्दछ ।

यसरी हेर्दा नेपालमा पछिल्लो समय अर्गानिक खेतीको चर्चा व्यापक हुदै गइरहेको छ । सबै तिर अर्गानिकलाई प्राथमिकता दिदै आइरहेको छ । नेपालबाट गुणस्तर कृषि उपच उत्पादन गरि बिदेशमा निर्यात गर्न सकिन्छ । अर्गानिक कृषिबाट प्रमाणीकरण गरि आर्थिक लाभ लिन सकिन्छ भने अर्को तिर अर्गानिक उपच उपभोग गर्दा हाम्रो स्वास्थ्यलाई फाइदा हुन्छ ।

स्रोत – कृषि प्राविधिक धिरेन्द्र बस्नेतको सहयोगमा

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू