Sunrise appliances
Homeकाठमाडौंमहानगरले फेरि ३ वटा अस्पतालको फोहोर संकलनमा लगायो रोक

महानगरले फेरि ३ वटा अस्पतालको फोहोर संकलनमा लगायो रोक

स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आज ३ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । महाराजगञ्ज – बसुन्धरा – सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, विपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको हो।

‘स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधि हेरेर यसमध्ये पनि संक्रमित फोहोरलाई निर्मलीकरण गर्ने विधिलाई महत्वका साथ हेरेका थियौँ । आज हेरिएका ३ वटै अस्पतालमा फोहोर निर्मलीकरण गर्न अटोक्लेभ वा अन्य कुनै विधिको प्रयोग नदेखिएकोले फोहोर संकलनमा रोक लगाएका हौँ वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइरालाले बताइन् । आजसम्ममा २७ वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन गरिएको छ । यसक्रममा यसअघि नै एउटा सरकारी र ४ वटा निजी गरी ५ वटा अस्पतालहरुको फोहोर संकलनमा रोक लगाइ सकिएको छ । यसमा आज ३ वटा थप भएका हुन् । 

यसरी अनुगमन गरिएका अस्पतालहरुमा अटोक्लेभ सञ्चालन नभएको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो । 

वातावरण व्यवस्थापन विभागले अनुगमनको नेतृत्व र संयोजन गरिरहेको हो । टोलीमा स्वास्थ्य विभाग र महानगर प्रहरी बलका अधिकारीहरु सहभागी भएका छन । अनुगमन अगामी दिनमा पनि निरन्तर चलिरहने कोइरालाले बताइन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू