Sunrise appliances
Homeमुख्य समाचारकीर्तिपुर-१ का वडाध्यक्ष महर्जनको निधन

कीर्तिपुर-१ का वडाध्यक्ष महर्जनको निधन

काठमाडौंको कीर्तिपुर नगरपालिका– १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ।

लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको सो नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिए।

महर्जन ०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनका श्रीमती र दुई छोरा छन्।

वडाध्यक्ष महर्जनको निधनमा आज कीर्तिपुर नगरपालिकामा शोक बिदा दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले महर्जनको निधनमा दुःख व्यक्त गरेका छन्। उनको आजै कीर्तिपुरमा अन्त्येष्टि गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू