Sunrise appliances
Homeअर्थतन्त्रहरित अर्थतन्त्रका विकासका लागि बागवानी प्रदर्शनी सुरु

हरित अर्थतन्त्रका विकासका लागि बागवानी प्रदर्शनी सुरु

काठमाडौँ, १६ चैत । नर्सरी व्यवसायी सङ्घले आजदेखि बागवानी प्रदर्शनी सुरु गरेको छ । आइतबारसम्म चल्ने बागवानी प्रदर्शनीमा एक करोडको व्यापार गर्ने लक्ष्य व्यवसायीको छ ।

आर्थिक मन्दीले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायी नर्सरी व्यवसायबाट थप मनोबल सिर्जना गर्न बागवानी प्रदर्शनी आयोजना गरिएको सङ्घको भनाइ छ । आज बिहान ९ बजे वन तथा वातावरणमन्त्री नवलकिशोर शाही सुडीले प्रदर्शनी उद्घाटन गरेका थिए । “मेलामा सम्भव भएसम्म देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको सात सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्रीवितरणका लागि राखिनेछ”, राष्ट्रिय बागवानी प्रदर्शनीका संयोजक रामजी कुँवरले भने, “मलखाद्य, अग्र्यानिक एवं रासायनिक विषादी, बीउबिजन, औजार उपकरण तथा प्रविधिको समेत स्टल रहनेछ ।”

उनले मेलामा ७४ वटा व्यावसायिक स्टल, चारवटा फुड स्टल, सातवटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको पाँचवटा स्टल गरी जम्मा ९० वटा स्टल रहने जानकारी दिए । नर्सरी व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञासु एवं अनुसन्धता सम्पूर्णका लागि यस मेला बृहत् साझा मञ्च हुने उनको भनाइ छ । कम्तीमा ५० हजार अवलोकनकर्ताले मेला अवलोकन गर्ने र एक करोडभन्दा माथिको आर्थिक कारोबार हुने अपेक्षा रहेको संयोजक कुँवरको भनाइ छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय तोकिएको छ । विद्यार्थी र ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति पचास शुल्क लाग्नेछ ।

नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा हुन गइरहेको प्रथम नेशनल हर्टिकल्चर एक्स्पो २०८० को प्रवद्र्धक संस्था पुष्प विकास केन्द्र, वनस्पति विभाग, प्लान्ट क्वारेन्टिइन एवं विषादी व्यवसाय केन्द्र, कृषि तथा पशुपक्षी विकास मन्त्रालय रहेका छन् । विशेष सहयोगी संस्था नेपाल टेलिकम, कुमारी फ्लोरा फार्म र सुजना एग्रिकल्चर प्रालि छन् । अध्यक्ष कुँवरका अनुसार प्रदर्शनीस्थलमा एकै छानामुनि विभिन्न प्रकारका बागवानी छानीछानी उपभोक्ताले लिन पाइनेछ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू