रामप्रसाद पाैडेल उमेरले ७५ टेकिसके, घर अर्घाखाँचीकाे पाणिनी गाउँपालिका -६ धातिवाङ । प्राय मानिसहरू ४० वर्ष नपुग्दै चस्मा खाेज्न थाल्छन्र तर उनका अाँखा अझै तिखा छन् । ७५ वर्षकाे उमेर पुगिसक्दा पनि उनले निरन्तर कृषि गरिरहेका छन् । कृषिमा भएको नयाँ प्रयोगबारे जानकार हुँदै कृषि गरिरहेका छन् । अहिले उनकाे फर्ममा व्यवसायी आलु मौलाएको छ । यसपालिदेखि कृषि शाखाको आलु बीउ उत्पादन कार्यक्रममा अनुदान पाएपछि आलु खेती गर्न प्रोत्साहन भएको उनी बताउँछन् । कृषि गरेर अहिलेसम्म राम्रो आम्दानी पनि गर्दै आएका छन् । पहिले जीवन धान्नका लागी गरेकाे कृषि अहिले व्यवसायीक बनेकाे छ । प्रविधिका कारण बजार र संभावना पनि बढ्दै अायाे । देशमा अझै पनि कृषि क्षेत्रमा संम्भावना भएकाे उनी बताँउछन् र अाम युवालाइ देशमै बसेर केहि गर्न सल्लाह पनि दिन्छन् ।