बजारमा निम्न गुणस्तरका चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई काठमाँडाै महानगरले २ लाख रुपैयाँ जरिवाना तोकेकाे छ ।
नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बाहरू भएकाे बताएका छन् ।
रिपोर्ट अनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ mg KOH/g Oil देखिएको छ । यसको भ्यालु १ mg KOH/g Oil भन्दा बढी हुनु हुँदैन ।