१० वर्षपछि पुन कीर्तिपुरमा वुद्ध जयन्ति समाराेह (जात्रा) मनाउने भएकाे छ । जगतपाल महाविहार चिलंचाे भगवान् गुठिद्वारा विभिन्न संघ संस्थाहरूसंग छलफल गरेकाे छ ।विगतका वर्षहरूमा वुद्ध जयन्तिका दिन कीर्तिपुरमा वुद्ध जयन्ति जात्रा चल्दै अाएकाे थियाे तर २०७२ सालकाे विनासकारी भूकम्पपछि साे जात्रा अवरूध्द छ । याे वर्ष जात्राले निरन्तरता पाउने भएपछि कीर्तिपुरवासीमा खुशी छाएकाे छ ।