Sunrise appliances
Homeप्रदेशप्रदेश ५रुकुम पश्चिममा दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

रुकुम पश्चिममा दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

त्रिवेणी रुकुम पश्चिम: रुकुम पश्चिममा करिब १० हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभि खोप लगाउने गरी अभियान सञ्चालन हुँदैछ । यही जेठ १३ गतेदेखि २६ गतेसम्म जिल्लाभरमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीले जिल्लाभरका करिब १० हजार बालबालिकालाई खोप लगाउने लक्ष्यसहित दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो ।

पहिलो चरणमा यही जेठ १३ गते देखि १८ गतेसम्म चौरजहारी नगरपालिका र त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिका तथा मुसीको र आठबीसकोट नगरपालिकासहित पाँच पालिकामा जेठ २० गते देखि २६ गतेसम्म एकैसाथ खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन दुई सय ९३ खोप केन्द्र तोकिएका छन् । अभियानमा दुई सय ७८ खोप कार्यकर्ता र चार सय महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू