Sunrise appliances
Homeमनोरन्जनप्रेमको मनोविज्ञानयुक्त ‘कैसा मन मस्ताना प्यारे’ गीतसङ्ग्रह प्रकाशित

प्रेमको मनोविज्ञानयुक्त ‘कैसा मन मस्ताना प्यारे’ गीतसङ्ग्रह प्रकाशित

काठमाडौँ, २१ जेठ : गीतकार डा हेमन्त खतिवडाद्वारा लिखित हिन्दी गीतसङ्ग्रह ‘कैसा मन मस्ताना प्यारे’ ( कस्ता रमाइला मेरा प्रिय ) प्रकाशन भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई समेटिएको छ । ॐ प्रकाशन दिल्लीले प्रकाशन गरेको कृतिका रहेका दुई सय गीत प्रेम गीतको प्रचलित परम्पराभन्दा फरक किसिमले लेखिएका छन् र प्रेमका विविध स्वरूपलाई विभिन्न आयामबाट व्याख्या गरिएको जिकिर गरिएको छ । गीतकार डा खतिवडा भन्नुहुन्छ, “प्रेम सतही विषय नभई यसको आफ्नै दर्शन छ । प्रेम गीतलाई म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।” सङ्ग्रहमा रहेका गीतमा प्रेमको मनोविज्ञान अनौठो तवरले घुलन भएको बताइएको छ । कृतिमा चार गीत नेपालसँग सम्बन्धित पनि छ, जसले गौतम बुद्ध, मुस्ताङको सेरोफेरो, नेपाली संस्कृति र जनजीवनलाई समेटेको प्राकृतिक चिकित्सक पनि रहनुभएका गीतकार खतिवडाले जानकारी दिनुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू