महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ‘टि ट्वान्टी विश्वकप’ खेलको ‘निःशुृल्क प्रत्यक्ष प्रदर्शन’ गर्ने भएको छ।
नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिनुभयो
यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ ।
टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योेमाको सांगीतिक प्रस्तुति हुनेछ ।