Sunrise appliances
Homeकृषिपर्साका किसान सुर्ती खेती तर्फ आकर्षित

पर्साका किसान सुर्ती खेती तर्फ आकर्षित

पर्साका किसानहरु पछिल्लो समय सुर्ती खेती तर्फ आकर्षीत भएका छन् । नगदे बालीको रुपमा चिनिएको सुर्ती खेती प्रत्येक वर्ष दुई सिजनमा हुने गरेकाले उनीहरू यो पेशा अगालेका हुन् ।

पर्साको जीराभवानी, पटेर्वासुगौली, ठोरी, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका किसान सुर्ती खेती तर्फ लागेका हुन् । जिल्लाको उत्तरी भेगका जङ्गलसँग टाँसिएको गाउँपालिकाका किसानहरू अहिले सुर्ती खेतीमा लागेको देखिन्छ । यो क्षेत्रमा हुने सुर्ती सूर्य नेपाल प्रालिले खरीद गर्दै आएको छ ।

जङ्गली जनावरहरूले सुर्ती खेतीलाई नोक्सान नगर्ने अनि राम्रो आम्दनी भएकोले २०४० साल देखि सुर्ती खेती गरिरहेको पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ का किसान महेन्द्र प्रसाद दासले बताए । उनले प्रत्येक वर्ष ९० हजार भन्दा बढी फाईदा हुने गरेको बताए ।

पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष माधव प्रसाद राउत थारुले सुर्तीको खरिद कर्ता एक मात्र कम्पनी भएकोले आँफु खुसी मुल्य निधारण गर्ने गरेकोले किसानलाई कहिले काहि समस्या हुने गरेको बताए । खरिद कर्ता कम्पनी धेरै भई दिएको भए किसानले राहत माउने उनको बिश्वास छ ।

कृर्षी ज्ञान केन्द्र पर्साका बालि बिकास अधिकृत सुरेश प्रसाद चौरसियाले पर्सामा दुई सय १० हेक्टमा सुर्ती खेती हुँने गरेको बताए । जस मध्ये दुई मेट्रिक टन प्रति हेक्टर गरी चार सय २० मेट्रिक टन उत्पादन हुँने गरेको बताए ।

पर्सा जिल्लामा गाँजाखेती नियन्त्रण गरिए पछि किसानहरू सुर्तीखेतीतर्फ आकर्षित भएका हुन् । नेपाल भरि हुँने सुर्ती खेती मध्ये पर्सा जिल्लामा मात्र ८० प्रतिशत उत्पादन हुँदै आएको छ ।

बारा, पर्सा, रौतहट, धनुषा, सिराहा, नवलपरासीमा सुर्ती खेती पकेट क्षेत्र मानिन्छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू