काठमाडाैंबाट हेटाैंडा जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट-चित्लाङ सडकमा जेठ २५ गतेबाट बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।
थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) को थानकोट-चन्द्रागिरि खण्ड अन्तर्गत सेतो पहरो क्षेत्रमा सडक निर्माण सुधार कार्यका लागि जेठ २५ गतेबाट असार २० गतेसम्म दैनिक ७ घण्टा बन्द गरिन लागेको हो ।
सडक डिभिजन कार्यालय काठमाडाैंले जिल्ला प्रशासन कार्यालयबाट माग भए बमोजीम सूचना जारी भएको समेत जानकारी दिएको छ ।