Sunrise appliances
Homeकाठमाडौंनागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग: ७६% काम सम्पन्न, एक वर्षभित्र सवारी सञ्चालनको तयारी

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग: ७६% काम सम्पन्न, एक वर्षभित्र सवारी सञ्चालनको तयारी

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग परियोजनाको ७६ प्रतिशत काम सकिएको छ। मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर ‘फिनिसिङ’ को काम भइरहेको छ। राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा गरिएको अनुगमनमा इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले परियोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको जानकारी दिए।

एक वर्षभित्र सवारी चलाउन सकिने गरी सुरुङमार्गको काम भइरहेको छ। सुरुङको ‘लाइनिङ’ को काम दुई तिहाइ सम्पन्न भइसकेको छ, अब ५ सय मिटर मात्र बाँकी छ। मुख्य सुरुङमार्ग र आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ क्रमशः २६८८ मिटर र २५५७ मिटर छ।

सुरुङमार्गमा अक्सिजन, लाइट, भेन्टिलेसन, टेलिफोन, जेट पङ्खालगायतका संरचनाहरू जडान भइरहेको छ। परियोजनामा तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल, एक ओभर पास र फ्लाइओभर गरी कुल १२ वटा संरचनाहरू निर्माण भइरहेका छन्।

सुरुङमार्गको चौडाइ ९.५ मिटरको हुनेछ, बीचमा डेढ मिटर चौडाइको विभाजक र आधा–आधा मिटरको दुई वटा पेटी निर्माण भइरहेको छ। बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुखसम्म २३०७ मिटरमध्ये १९९५ मिटर कालोपत्र भइसकेको छ। धादिङको सिस्नेखोलातर्फ ७२५ मिटरमध्ये ४५० मिटर पहुँच मार्ग निर्माण भइसकेको छ।

त्रिभुवन राजपथदेखि सुरुङमार्गसम्म जोड्न निर्माण भइरहेको फ्लाइओभरको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। फ्लाइओभरको लम्बाइ १२८ मिटर र चौडाइ ३.५ मिटरको हुनेछ। काठमाडौँबाट सुरुङमार्ग हुँदै जाने सवारीसाधनले मात्र फ्लाइओभरको प्रयोग गर्न पाउने छन।

फ्लाइओभर निर्माणले ट्राफिक जाम न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ। फ्लाइओभरको क्षेत्राधिकारमा पर्ने १२ रोपनी जग्गा अधिग्रहण गरी ५७ वटा संरचना भत्काइएको छ। जग्गाधनीलाई प्रतिआना ५२ लाख रुपियाँ मुआब्जा प्रदान गरिएको छ।

अनुगमन टोलीका संयोजक डा. फुँयालले सर्भिस सेन्टर निर्माणमा केही समस्या रहेको बताए। मुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्या समाधान गर्न सके सुरुङमार्ग निर्धारित समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गरे। चन्द्रागिरि नगरपालिका वडा नं. १ का वडा सदस्य केशव गिरीले परियोजनालाई पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।

तस्बिर : नवीन बाबू गुरुङ/सेतोपाटी बाट साभार

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू