Sunrise appliances
Homeकाठमाडौंकिर्तिपुरमा निरन्तर झरी देशभर मनसुनी प्रभाव: भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम

किर्तिपुरमा निरन्तर झरी देशभर मनसुनी प्रभाव: भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम

हाल देशभर मनसुनी वायुको व्यापक प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ। हाल देशभर साधारणतया देखि पूर्णतया बदली देखिएको छ।

मधेश र कर्णाली प्रदेशका केही स्थानमा, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही ठाउँमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने सम्भावना छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी र मधेश प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका केही स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

यो मनसुनको अवस्थाले कृषिमा सकारात्मक प्रभाव पार्न सक्छ भने, अत्यधिक वर्षाको सम्भावनाले बाढीपहिरोको जोखिम पनि बढाएको छ। सुरक्षित रहन र आवश्यक तयारी गर्न सबैलाई आग्रह गरिन्छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू