Sunrise appliances
Homeकाठमाडौंचन्द्रागिरि नगरपालिकाले नयाँ आर्थिक वर्षको सुरूवाती ४ दिन राजश्व संकलन कार्य स्थगित...

चन्द्रागिरि नगरपालिकाले नयाँ आर्थिक वर्षको सुरूवाती ४ दिन राजश्व संकलन कार्य स्थगित गर्ने

चन्द्रागिरि नगरपालिकाले नयाँ आर्थिक वर्षको सुरूवाती ४ दिन राजश्व संकलन सम्बन्धी कार्य स्थगित गर्ने घोषणा गरेको छ। सोमबार जारी गरिएको सूचनामा नगरपालिकाले आर्थिक ऐन २०८१ लाई राजश्व सफ्टवेयरमा स्तरोन्नति गर्ने प्रयोजनका लागि सो अवधिभर राजश्व सम्बन्धी सेवा प्रवाह बन्द हुने जनाएको हो।

नगरपालिकाले सूचना जारी गर्दै भनेको छ, “नयाँ आर्थिक वर्षको सुरुवातसँगै नगरपालिकाको आर्थिक ऐन २०८१ अनुसारको राजश्व संकलन प्रणालीलाई अद्यावधिक गर्नुपर्ने भएकाले यो चार दिने अवधि अत्यावश्यक छ।” यस क्रममा राजश्व सफ्टवेयरमा आवश्यक स्तरोन्नति गर्ने कार्य हुने र यो कार्य सम्पन्न भएपछि मात्रै नियमित राजश्व संकलन र सेवा पुनः सञ्चालनमा आउने नगरपालिकाले जानकारी दिएको छ।

यस घोषणा पछि नगरबासीहरूले केही दिनका लागि राजश्व सम्बन्धी कुनै पनि सेवा प्राप्त गर्न नपाउने छन्। यद्यपि, नगरपालिकाले अत्यावश्यक सेवा प्रवाहमा कुनै बाधा नपर्ने र अन्य सेवाहरू नियमितरूपमा सञ्चालनमा रहने बताएको छ। नगरपालिकाले नागरिकहरूलाई असुविधा भएमा क्षमायाचना पनि गरेको छ।

यसैबीच, सोमबार चन्द्रागिरि नगरको बजेट तथा कार्यक्रम पारित भएको छ, जसमा नगरको आगामी आर्थिक योजना र विकासका प्राथमिकताहरू समेटिएका छन्। बजेट पारित भएपछि अब नगरपालिकाले विकास परियोजना र सेवा प्रवाहमा नयाँ रणनीतिहरू लागू गर्न तयारी गर्दैछ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू