Sunrise appliances
Homeकाठमाडौंनामसँगै काम देखाउने तयारीमा कीर्तिपुरको विष्णुदेवी अस्पताल

नामसँगै काम देखाउने तयारीमा कीर्तिपुरको विष्णुदेवी अस्पताल

कीर्तिपुरको विष्णुदेवी अस्पतालले नामसँगै काम देखाउने तयारी गरेको छ। सरकारले स्थानीय तहमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरवृद्धि गर्दै १५ शैय्याको अस्पताल बनाएकोमा नगरपालिकाहरुले पूर्वाधार विकास गरी नगर अस्पतालको रुपमा विकास गरि सेवा प्रवाह गर्न थालेको धेरै भैसक्यो। तर पर्याप्त संरचनाको अभावमा कीर्तिपुरको विष्णुदेवी अस्पताल लामो समय नाममात्रकै रह्यो।२०७४ सालपछि थप जनशक्ति र पूर्वाधार विस्तार गरी अस्पतालको सेवा र स्वरूप दिने प्रयास भएपनि पूर्णता भने पाउन सकेन।

२०७९ सालमा निर्वाचित जनप्रतिनिधि आएपछि आवश्यक पूर्वाधार निर्माण गरि नगर अस्पतालमा विस्तार गर्ने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गामा भवन निर्माण गर्न प्राविधिक कठिनाइ भएपछि निर्णयले आजसम्म साकार रूप लिन सकेको छैन।लामो समय स्थानीय भाषामा ‘हेल्थ पोष्ट’ रहेको भवनमा अस्पतालको बोर्ड तांगिएपनि अनेकौं कारणले आजसम्म पनि नगरवासीको मन, मस्तिष्कमा भने ठाउँ लिन सकेको छैन। सरकारले सुविधाको रूपमा उपलब्ध गराउँदै आएका निःशुल्क सेवाहरुमा समेत कीर्तिपुरवासीको चासो र चिन्ता कहिल्यै भएन। हाल ५ जना विशेषज्ञ चिकित्सकहरुको दरबन्दी र पर्याप्त तालिमप्राप्त अनुभवी स्वास्थ्यकर्मी जनशक्ति रहेको विष्णुदेवी अस्पतालमा जँचाउन आउने बिरामीहरुको संख्या विस्तारै बढ्न थालेको मेडिकल सुपरिटेन्डेन्ट डा. मनोज गैरे बताउँछन्।स्वास्थ्य सेवामा सुधारका लागि नगरपालिकाको प्रयास निरन्तर जारी छ।

जनप्रतिनिधिहरुको समन्वयमा आवश्यक पूर्वाधार निर्माण गरी अस्पतालको सेवा विस्तार गर्ने योजना बनेको छ। स्वास्थ्य सेवा पहुँचमा वृद्धि गर्दै नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन नगरपालिकाले विशेष चासो दिएको छ।राज्य सरकारले नागरिकका लागि उपलब्ध गराएको सेवा, सुविधाको भरपूर लाभ उठाएमात्र राज्यको लगानीको सार्थकता हुन्छ। तर महँगो सेवामा मात्र बढी विश्वास गर्ने सहरिया समाजको स्वभाव र प्रवृत्तिले सहरका सरकारी स्वास्थ्य संस्थाहरुले ‘विष्णुदेवी अस्पताल’कै नियति भोगेर नाममात्रका बनेका छन्। दूरदराजका नागरिकको भाग्यमा त आज पनि यति सुविधा लेखेको, जुरेको छैन।

आज जनप्रतिनिधिहरुसँगको भेटघाटमा अस्पतालको सेवा सुचारू र बर्थिङ सेन्टर संचालनको विषयमा भएको छलफल कार्यक्रमले अस्पतालको सेवा सुधारमा थप गति ल्याउने विश्वास गरिएको छ। जनप्रतिनिधिहरुले नागरिकका लागि गुणस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन् र आगामी दिनमा विष्णुदेवी अस्पताललाई कीर्तिपुरका नागरिकको विश्वास जित्ने संस्थाको रुपमा स्थापित गर्न हरसम्भव प्रयास गर्ने बताइएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू