Sunrise appliances
Homeकाठमाडौंसुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा कोर्ष समापन

सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा कोर्ष समापन

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा पहिलो पटक सञ्चालन भएको सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा (Post Graduate Diploma in Security and Disaster Management Studies (PGDSDMS)) कोर्षको समापन समारोह आज सम्पन्न भएको छ। यस समारोहको प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यको पनि विशेष उपस्थिति रहेको थियो।

यो कोर्षले सुरक्षाकर्मीहरूलाई सुरक्षा व्यवस्थापन र विपद् व्यवस्थापनका क्षेत्रमा अत्यावश्यक ज्ञान र सिप प्रदान गरेको छ। सहभागीहरूले विपद्को समयमा आवश्यक पर्ने तात्कालिक प्रतिकार्य र सुरक्षाका विविध पक्षमा व्यावहारिक प्रशिक्षण प्राप्त गरे। यस कोर्षले उनीहरूको व्यक्तिगत तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्दै, सुरक्षासम्बन्धी चुनौतीहरूको समाधान गर्न सक्षम बनाएको छ।

समापन समारोहमा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यो कोर्षको महत्त्वलाई विशेष जोड दिए। “यस कोर्षले सहभागीहरूलाई विपद् व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा उच्चस्तरीय ज्ञान र सिप प्रदान गरेको छ। यो हाम्रो संस्थानका लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि महत्वपूर्ण उपलब्धि रहेको अर्याल ले बताए ।

त्रिभुवन विश्वविद्यालयका डिन प्रोफेसर डा. कुशुम शाक्यले पनि कार्यक्रमको प्रशंसा गर्दै भने, “यो कोर्षले नेपालको सुरक्षा र विपद् व्यवस्थापन क्षेत्रमा नयाँ आयाम थप्नेछ।”

समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूले पनि आफ्नो अनुभव साझा गरे। एक प्रशिक्षार्थीले भने, “यो कोर्षले हामीलाई सुरक्षा र विपद् व्यवस्थापनका विभिन्न पक्षमा व्यावहारिक ज्ञान प्रदान गरेको छ। हामी अब हाम्रो समुदाय र देशको सुरक्षामा अझ बढी योगदान गर्न सक्षम भएका छौँ।”

यस कोर्षको सफल समापनले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको प्रशिक्षण कार्यक्रमलाई नयाँ उचाइमा पुर्याएको छ। भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरी सुरक्षाकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने योजना रहेको प्रतिष्ठानका पदाधिकारीहरूले बताएका छन्। यस कोर्षले नेपालको सुरक्षा र विपद् व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।


सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू