Sunrise appliances
Homeमुख्य समाचारनेकपा एमाले र एभरेस्ट अस्पतालद्वारा कीर्तिपुरमा रक्तदान अभियान

नेकपा एमाले र एभरेस्ट अस्पतालद्वारा कीर्तिपुरमा रक्तदान अभियान

कीर्तिपुर, नेपाल – नेकपा एमाले कीर्तिपुर नगर कमिटी स्वास्थ्य विभागले एभरेस्ट अस्पताल ब्लड बैंकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

कार्यक्रम साउन ४ गते विहान ९ देखि १२ बजेसम्म कीर्तिपुर वडा नम्बर ३ (सागल टोल) मा सञ्चालन हुनेछ। यस कार्यक्रमको उद्देश्य रक्तदानको महत्वबारे जनचेतना फैलाउनुका साथै रक्तसंकलन गरेर बिरामीहरूको जीवन बचाउन सहयोग पुर्‍याउनु हो।

नेकपा एमाले कीर्तिपुर नगर कमिटी स्वास्थ्य विभाग द्वारा आयोजित यस कार्यक्रमको सहकार्य एभरेस्ट अस्पताल ब्लड बैंक ले गरेको छ। कार्यक्रमको नारा “Save a life, Give Blood” रहेको छ, जसले रक्तदानको महत्त्व र मानव सेवाको सन्देश प्रवाह गर्छ।

कार्यक्रम का संयोजक राजकमल महर्जन सबैले रक्तदान गर्नु पर्ने बताउँछन् , किनभने एकजनाले गरेको रक्तदानले धेरैजना बिरामीहरूको जीवन बचाउन सक्छ। रक्तदान गर्नु स्वास्थ्यको लागि पनि फाइदाजनक छ र यसले समाजमा एकताको भावना बढाउँछ।

उनले कार्यक्रममा सबै उमेर समूहका मानिसहरूलाई सहभागी हुन आमन्त्रित गरिएको बारे पनि बताए रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरेर मानव सेवामा योगदान पुर्‍याउन सबैलाई अनुरोध गरिएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू