Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर वडा नं. ६: बिरामीहरूलाई मासिक पाँच हजारको औषधि उपचार भत्ता नविकरण...

कीर्तिपुर वडा नं. ६: बिरामीहरूलाई मासिक पाँच हजारको औषधि उपचार भत्ता नविकरण सूचना

कीर्तिपुर नगरपालिका स्थित वडा नं. ६ ले स्थायी बसोबास गर्ने मृगौला प्रत्यारोपण गरेका, डायलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात बिरामीलाई औषधि उपचार कार्यक्रम अन्तर्गत मासिक रुपमा पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

यस कार्यक्रम अन्तर्गत भत्ता रकम लिनका लागि २०८१ साल श्रावण मसान्तसम्म नविकरण गरिसक्नु पर्ने छ। नविकरण नगराउने बिरामीहरूले २०८१ साल भाद्र १५ गतेसम्म कीर्तिपुर नगरपालिका वडा नं. ६ कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। नविकरण गर्न असफल भएमा औषधि उपचार सुविधाबाट वञ्चित हुने जानकारी दिइएको छ।

नविकरणका लागि आवश्यक कागजातहरू: १. नागरिकताको फोटो कपी २ प्रति २. राष्ट्रिय परिचयपत्रको फोटो कपी २ प्रति ३. औषधि उपचारको विवरणसहितको मेडिकल रिपोर्ट २ प्रति ४. बैंक खाताको फोटो कपी १ प्रति

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू