Sunrise appliances
Homeमुख्य समाचारएरा इन्टरनेशनलको सहयोगमा कीर्तिपुर–५ मा घर दैलो स्वास्थ्य शिविर

एरा इन्टरनेशनलको सहयोगमा कीर्तिपुर–५ मा घर दैलो स्वास्थ्य शिविर

कीर्तिपुर–३ कीर्तिपुरको लियो क्लबले आज घर-घरमा स्वास्थ्य शिविर आयोजना गरेको छ। एरा इन्टरनेशनलको सहयोगमा सम्पन्न भएको यो स्वास्थ्य शिविर किर्तिपुर-३ स्थित सागल टोल र कुत्सा टोलमा बिहान ८ बजेबाट सुरु भएको थियो।

जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरु स्वास्थ्य जाँचका लागि विशेष प्राथमिकतामा पर्ने समुह हुन्। उमेर धेरै भएपछि हिड्न-डुल्न गाह्रो हुन्छ, तर सामान्य जाँचका लागि पनि क्लिनिक र अस्पताल धाउनुपर्ने हुन्छ। यी समस्याहरुलाई ध्यानमा राखी लक्षित वर्गलाई आवश्यक सेवा प्रदान गर्न स्वास्थ्य जाँच, परामर्श, र औषधि वितरणका लागि यो शिविर आयोजना गरिएको हो। यस शिविरले स्थानीय समुदायलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गरेको छ। आज करिब ६० घरका जेष्ठ नागरिकलाई घर दैलोमै ब्लड प्रेसर, सुगर चेक, रगतमा अक्सिजनको मात्रा जाँच, साथै स्वास्थ्य परामर्श दिइएको एरा इन्टरनेशनलका अध्यक्ष राजकमल महर्जनले जानकारी दिनुभयो।

अर्को साता देखि दुई हप्तामा एकपटक यो घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू