Sunrise appliances
Homeपालिका प्रतिनिधिकीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी भेन्टलेटरमा

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी भेन्टलेटरमा

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीलाई बिहीबार आकस्मिक अवस्थामा काठमाडौंको वीर अस्पतालको भेन्टिलेटरमा राखिएको छ।

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको स्वास्थ्य अवस्था जटिल बनेको छ। कीर्तिपुर नगरपालिकाका प्रवक्ता तथा उपप्रमुख शुभलक्ष्मी शाक्यले कीर्तिपुर नगर प्रमुख राजकुमार नकर्मीलाई वीर अस्पतालको भेन्टिलेटरमा राखिएको जानकारी दिनुभएको छ।

उपप्रमुख शाक्यका अनुसार, नगर प्रमुख नकर्मीको स्वास्थ्य अवस्था जटिल रहेको र चिकित्सकहरूले पनि उनको अवस्था गम्भीर भएको जानकारी दिएका छन्।

कीर्तिपुर नगर प्रमुख नकर्मीलाई केही दिनअघि स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो। नकर्मीलाई लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याले पीडित बनाएको र त्यसकै कारण उनको स्वास्थ्य अवस्था जटिल बनेको हो।

नगर प्रमुख नकर्मीको स्वास्थ्य अवस्थाको बारेमा थप जानकारीका लागि नगरपालिकाले निरन्तर अपडेट दिइरहेको छ र साथै उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दे आज विज्ञप्ति पनि निकालेको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू