Sunrise appliances
Homeपालिका प्रतिनिधिकीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको असामयिक निधन, सिंगो कीर्तिपुर शोकमग्न

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको असामयिक निधन, सिंगो कीर्तिपुर शोकमग्न

कीर्तिपुर आज गहिरो शोकमा छ। कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको बिहीबार राति १०ः३० बजे वीर अस्पतालमा असामयिक निधन भएको छ। नकर्मी किड्नी रोगबाट पीडित थिए र लामो समयदेखि उपचार गराइरहेका थिए। स्थानीय निर्वाचनअघि नै मृगौला रोगले ग्रस्त भएका नकर्मीको भारतमा समेत उपचार गरिएको थियो, तर दुर्भाग्यवश सफल हुन सकेन।

मेयर नकर्मीको निधनले समग्र कीर्तिपुरलाई स्तब्ध बनाएको छ। उहाँको नेतृत्व र समर्पणले नगरवासीको हृदयमा गहिरो छाप छोडेको थियो। उहाँको निधनले कीर्तिपुर नगरपालिकालाई अपूरणीय क्षति पुर्‍याएको छ।

शुक्रबार बिहान ९ बजे कीर्तिपुर नगरपालिका भवन परिसरमा दिवंगत मेयर राजकुमार नकर्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि राखिने जानकारी कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य सुनिताले दिएकी छन्। सिंगो नगरपालिकाले उहाँको आत्माको चीर शान्तिको कामना गरिरहेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू