Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको अन्तिम संस्कार सम्पन्न (तस्विरहरु)

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको अन्तिम संस्कार सम्पन्न (तस्विरहरु)

बिहीवार राती १०ः३० बजे वीर अस्पतालमा निधन भएका कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको अन्तिम संस्कार कीर्तिपुर नगरपालिका वडा नम्बर ३ स्थित दिखु घाटमा सम्पन्न भएको छ ।

मेयर नकर्मीको अन्तिम संस्कारमा नकर्मी समुदायको गुठी परम्परा अनुसार पूजाआजा र विधिहरू सहित सम्पन्न गरियो, नकर्मीका छोरा राहुल नकर्मीले १ः३० बजे दागबत्ती दिएका थिए ।

मेयर राजकुमार नकर्मीका पिता राजमान नकर्मी र आमा लक्ष्मी नकर्मी हुन्, नकर्मीका पिता राजमानको पहिले नै निधन भइसकेको थियो भने आमा लक्ष्मीको पनि केही महिना अघि मात्र निधन भएको हो । नकर्मीको जन्म वि.सं २०२२ सालमा कीर्तिपुरको खासिबजारमा भएको थियो । उनका पत्नी जमुना नकर्मी, छोरी राज्ञी नकर्मी र छोरा राहुल नकर्मी सहित ४ जनाको परिवार रहेको छ ।

मिर्गौला रोगबाट पीडित नकर्मीको ६० वर्षको उमेरमा बिहीवार बिहान १०ः३० बजे वीर अस्पतालमा निधन भएको थियो। मेयर नकर्मीको निधनको शोकमा कीर्तिपुर नगरपालिकाले शुक्रबार शोक विदा घोषणा गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले विज्ञप्ति मार्फत यो जानकारी दिएका हुन्।

मेयर नकर्मी अस्वस्थ भएपछि श्रावण १ गते उपप्रमुख शुभलक्ष्मी शाक्यलाई कार्यबाहक मेयरको जिम्मेवारी पाएकी थिइन् । त्यसपछि श्रावण २ गते उनलाई अस्पतालमा भर्ना गरिएको थियो। नकर्मीको निधनले कीर्तिपुर नगरपालिका स्तब्ध भएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू