Sunrise appliances
Homeप्रदेशप्रदेश १गाँजासहित दुई व्यक्ति पक्राउ

गाँजासहित दुई व्यक्ति पक्राउ

सुनसरी, १३ साउन – सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–९ बबिया चोकबाट करिब ११६ केजी गाँजासहित दुई युवालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका व्यक्तिहरू धनकुटा जिल्लाको साघुँरीगढी गाउँपालिका–१ बुढीमोरङ्गका ३२ वर्षिय र २२ वर्षिय युवक हुन्।विशेष सूचनाको आधारमा, नं. ४ गण सुनसरीले धनकुटाबाट प्रदेश नं. १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा लोड गरी सुनसरीतर्फ ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनालाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ईनरुवा, सुनसरीमा बुझाइएको छ।प्रहरीले यस अपरेसनमा विशेष सावधानी अपनाउँदै गाँजा तस्करीलाई रोक्न सफलता प्राप्त गरेको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूविरुद्ध कानूनी कारबाही अघि बढाइएको छ। स्थानिय नागरिकलाई अवैध क्रियाकलापबारे सचेत रहन र कुनै पनि शंकास्पद गतिविधि देखेमा तुरुन्तै प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू