Sunrise appliances
Homeफोटोफिचरबल्खुमा बाढीको त्रास: नेपाल प्रहरीद्वारा तत्काल उद्धार, प्रभावितहरू सुरक्षित

बल्खुमा बाढीको त्रास: नेपाल प्रहरीद्वारा तत्काल उद्धार, प्रभावितहरू सुरक्षित

विहान ०४:०० बजे भारी वर्षाका कारण काठमाडौंको का.म.न.पा वडा नं. १७ बल्खु एरियामा वागमती नदीमा बाढी आएको छ, जसका कारण धेरै घरहरु डुबानमा परेका छन्। यस बाढीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरीको विपद् उद्धार टोली तत्कालै आवश्यक उद्धार सामाग्रीहरु सहित घटनास्थलमा खटाइएको थियो।

उद्धार टोलीले बाढीमा फसेका व्यक्तिहरुलाई सफलतापूर्वक सकुशल उद्धार गरी उनीहरूलाई आफन्तको जिम्मा लगाएको छ। प्रहरीका अनुसार, उद्धार कार्यमा प्रयोग भएका सामाग्रीहरूमध्ये लाइफ ज्याकेट, डोरी, रबरका ट्युब लगायतका उपकरणहरुले महत्वपूर्ण भूमिका खेलेका थिए।

नेपाल प्रहरीका एक अधिकारीले भने, “हाम्रो उद्धार टोलीले तत्कालै घटनास्थलमा पुगेर बाढीमा फसेका व्यक्तिहरुलाई सुरक्षित स्थलमा ल्याउन सफल भएको छ। उद्धार कार्यमा संलग्न सबै प्रहरीको योगदान सराहनीय छ।”

यो घटना वागमती नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि अत्यन्तै त्रासदीपूर्ण रहेको थियो। बाढीको कारण घरमा फसेका परिवारहरूलाई सुरक्षित स्थलमा पु¥याउन प्रहरीको उद्धार टोलीले दिनरात नभनी खटिएको थियो।

तस्बिर : नेपाल प्रहरी

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू