Sunrise appliances
Homeमुख्य समाचार२६ वर्षको उमेरमै योग र आयुर्वेदमा नयाँ युगको शुरुवात: चन्द्रकला सखीको प्रेरणादायी...

२६ वर्षको उमेरमै योग र आयुर्वेदमा नयाँ युगको शुरुवात: चन्द्रकला सखीको प्रेरणादायी यात्रा

चन्द्रकला सखी, नेपाल आमाकी सुपुत्री, २६ वर्षको उमेरमै योग, आयुर्वेद, र स्वास्थ्य चेतनाका क्षेत्रमा आफ्नो अद्वितीय पहिचान बनाउँदै छिन्। काठमाडौँमा जन्मेकी सखीले आफ्नो बाल्यकालदेखि नै ज्ञानको गहिराइमा डुब्ने जिज्ञासु स्वभावले आफूलाई फरक बनाएकी छिन्। उच्च माध्यमिक शिक्षा विज्ञान विषय अध्ययन गरेपछि, उनको यात्रा केवल शैक्षिक उपलब्धिमा मात्र सीमित रहेन।

उनले भारतको प्रतिष्ठित स्वामी विवेकानन्द विश्वविद्यालयबाट ‘योगा एन्ड हेल्थ कन्सस्नेस एन्ड स्पिरिच्युआलिटी’ मा अध्ययन गरी आफ्नो आध्यात्मिकता र योगाको गहिरो अध्ययनलाई थप बलियो बनाइन्। यसैगरी, बेलायतको आयुर्वेदिक इन्स्टिच्युटबाट ‘आयुर्वेदिक फूड एन्ड न्यूट्रिशन’ मा अध्ययन गर्दै, स्वास्थ्य र पोषणका सिद्धान्तलाई वैज्ञानिक आधारमा अझै बलियो बनाइन्।

चन्द्रकला सखी अहिले बेलायतमै योग विज्ञान मा स्नातकोत्तर गर्दै छिन, जहाँ उनले योगको वैज्ञानिक पद्धति र त्यसको प्रभावलाई गहिराइमा पुगेर अनुसन्धान गरिरहेकी छिन। अध्ययन र अनुसन्धानको यात्रासँगै, उनी नेपालमा पनि आफ्नो योगदान दिइरहेकी छिन्। उनी हाल पशुपति कोटिहोममा वाचिकाको रूपमा कार्यरत छिन, जहाँ उनको अध्यात्मिक ज्ञान र योग विद्या धेरैको लागि प्रेरणाको स्रोत बनिरहेको छ।

चन्द्रकला सखीको यो यात्रा मात्र शैक्षिक नभई, नेपाली समाजमा योग, आयुर्वेद, र स्वास्थ्य चेतनाको महत्वलाई प्रचारप्रसार गर्न केन्द्रित छ। उनको कार्यले नेपाली समाजमा स्वास्थ्य र आध्यात्मिकताको नयाँ युगको सुरुवात गरिरहेको छ। सखीको नेतृत्वले धेरै युवाहरुलाई प्रेरित गर्दै, नेपाललाई योग र आयुर्वेदको विश्व केन्द्रको रूपमा स्थापित गर्ने दिशामा काम गरिरहेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू