Sunrise appliances
Homeकाठमाडौंगठेमंगल पर्व: नेवार समुदायमा दानवीय शक्तिको नाश गर्दै चाडपर्वको मौसमको थालनी

गठेमंगल पर्व: नेवार समुदायमा दानवीय शक्तिको नाश गर्दै चाडपर्वको मौसमको थालनी

काठमाडौं । नेवार समुदायमा आज परम्परागत पर्व गठेमंगल, जसलाई घण्टाकर्ण पर्व पनि भनिन्छ, उत्साहपूर्वक मनाइँदै छ। काठमाडौं उपत्यका लगायत नेवार समुदायको बसोबास रहेको विभिन्न जिल्लामा यो पर्व विशेष महत्वका साथ मनाइन्छ।

यस पर्वको प्रमुख विशेषता भनेको नेवार समुदायको प्राचीन परम्परालाई जोगाउँदै, हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्वको आयोजनासँगै नयाँ चाडपर्वको सिजनको थालनी गरिनु हो।

पाल्पाको बजार क्षेत्रमा, विशेष रूपमा नर्कटको तीनखुट्टे लिंगाकृति “गठाँ मो” ठड्याउने परम्परा छ। यो “गठाँ मो” नर्कटको संरचनालाई दानवको प्रतीक मानिन्छ, जसलाई दिनभर ठड्याइएको अवस्थामा राखिन्छ। जब घाम अस्ताउँछ, तब उक्त “गठाँ मो”लाई ढालेर नदीमा विर्सजन गर्ने परम्परा रहिआएको छ। यस परम्पराले दानवी शक्तिलाई पराजित गरेर पुनः सकारात्मकता र शुभताको आगमनको संकेत गर्दछ।

संस्कृतिविद् मदन देउरालीका अनुसार, यो पर्व नेवार समुदायमा खेती किसानीको काम सम्पन्न भएपछि पहिलो चाडका रूपमा मनाइन्छ, जसले नयाँ चाडपर्वको मौसमको सुरुवातको संकेत गर्दछ। गठेमंगलको दिन नेवार समुदायमा फलाम वा पित्तलको औंठीलाई “गठाँ मो”मा छुवाएर लगाउने परम्परा पनि रहेको छ, जसले दानवीय शक्तिहरूबाट सुरक्षाको प्रतिक मानिन्छ।

यसरी, घण्टाकर्ण पर्वले परम्परा, आस्था, र समाजिक एकताका साथै संस्कृतिको संरक्षण र निरन्तरता प्रदान गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। नेवार समुदायको यस पर्वले समाजमा दानवीय शक्तिको नाश गर्दै, नयाँ र शुभ युगको प्रारम्भको संकेत गर्दछ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू